फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

सरकारी गाडिको दुरुपयोग बारे ध्यानाकर्षण

चरिकोट/युवा संघ नेपाल र अनेरास्ववियु दोलखाले पछिल्लो समयमा स्थानीय तहका जनप्रतिनिधि हरु द्वारा  सरकारी गाडिको दुरुपयोग बढेको भन्दै ध्यानाकर्षण गराएको छ।

नेकपा एकीकृत समाजबादी निकट जनवर्गीय संगठन युवा संघ दोलखा र अनेरास्ववियु दोलखाले संयुक्त वक्तव्य जारी गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत ध्यानाकर्षण गराएका हुन।
बुधबार अनेरास्ववियु दोलखाका अध्यक्ष पुष्पक केसि र युवा संघ दोलखाका सह अध्यक्ष रामहरि शिवाकोटी सहितको टोलि जिल्ला प्रशासन कार्यालय चरिकोट पुगेर प्रशासकीय प्रमुख औलख बहादुर आले लाई लाई ध्यानाकर्षण गराएका हुन।
जिल्ला निर्वाचन कार्यालय दोलखालाई समेत बोधार्थ दिएर अनेरास्ववियु दोलखाका अध्यक्ष पुष्पक केसि र युवा संघ दोलखाका सह अध्यक्ष रामहरि शिवाकोटी द्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ

“नेपाल सरकारले आसन्न स्थानिय निवार्चनको मिति तथा कार्यतालिका समेत तोकि सकेको हुँदा निर्वाचन आयोगले मिति २०७९ बैशाख ३० गते स्थानिय तहको मतदानको सम्पूर्ण तयारी गरिरहेको बेला दोलखा जिल्लाको स्थानीय तहको जनप्रतिनिधीहरूले सरकारी नम्बर प्लेटको गाडिहरूको ब्यापक दुरूप्रयोग गरि निज जनप्रतिनिधीहरूले व्यक्तिगत कामकाज तथा आफ्ना पार्टीको कार्यकर्ता ओसारपसार गरि प्रभाव देखाउँदै र पार्टीगत गतिविधिमा उक्त सरकारी गाडिहरूको प्रयोग भएको सबै सर्वविधितै छ । उक्त कार्यको घोर निन्दा गर्दै अबदेखि उपरान्त निर्वाचनलाई असर पर्ने र पार्टीको गतिविधिमा उक्त स्थानीय तहले प्रयोग गर्दै आएका सरकारी साधनहरू प्रयोग भएको भेटिएमा हुनसक्ने सम्भावित क्षतीको सम्पूर्ण जिम्मेवारी सम्बन्धीत जनप्रतिनिधीहरू र सम्बन्धी निकायहरू जिम्मेवारी हुनुपर्ने यसै प्रेश विज्ञप्ती मार्फत जानकारी गर्दै स्थानीय जनप्रतिनिधीहरूले प्रयोग गर्दै आएका सरकारी साधनहरू सम्बन्धीत निकायलाई हस्तान्तरण गर्न र उक्त क्षतीबाट जोगाउन ध्यानाकर्षण गर्दछौं”

याे पढ्न छुटाउनु भयाे की ?

उषा गजुरेलकाे स्वरमा “कानैमा माडुली दिउँला” गीत सार्वजनिक

Friendship Khabar

जिरी अस्पतालका समस्या बारे स्वास्थ मन्त्री लाई ध्यानाकर्षण

Friendship Khabar

चरिकोटमा आधारभुत सहकारी लेखापालन तालीम

Friendship Khabar