चरिकोट/दोलखामा कार्यरत सहकारीका कर्मचारीलाई आधारभूत सहकारी लेखापालन तालिम शुरु भएको छ।
जिल्ला सहकारी संघ लि चरिकोट दोलखाको आयोजनामा सदरमुकाम चरिकोटमा संचालित तालिम का लागि संस्कृति पर्यटन तथा सहकारी मन्त्रलय वागमती प्रदेश सहकारी विकास बोर्डको वित्तिय सहयोगमा भएको हो।
जिल्ला भित्र संचालित सहकारीमा कार्यरत ३८ जना कर्मचारीको सहभागीता रहेको तालिम चैत्र १५ गते देखि २० गते सम्म सञ्चालन हुनेछ।तालिमको सहजीकरण मिलिजुली कालिञ्चोक साकोषका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपाने,जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत रमेशचन्द्र बस्नेतले गर्नुहुने जिल्ला सहकारी संघ दोलखाका ब्यबस्थापक राजकुमार दहाल ले जानकारी दिनुभयो,
तालिममा लेखाको अवधारणा,महत्व र सिद्धान्तहरु,लेखाइन नियमहरु अभ्यास,सहकारी हिसाब संकेत नं,गोश्वरा भौचर अभ्यास,गोश्वरा भौचर तयारी अभ्यास,चार खाता,हिसाव परीक्षा सूची,आय विवरण परिचय र तयारी,स्थिति विवरण पत्र परिचय र तयारी,पर्ल्स अनुगमन प्रणालीका मुख्य सुचकहरुको परिचय संरक्षित पूँजी फिर्ता कोष परिचय,मुख्य खाता प्रविष्टि अभ्यास,समायोजन भौचर तयारी र प्रविष्टि,सहायक खाताको परिचय,वचत वितरण, विवरण परिचय र तयारी,आय विवरण परिचय र तयारी,goAML को संक्षिप्त परिचय,कोपोमिसको संक्षिप्त परिचय लगायतका बिषयमा सहजीकरण हुने पनि व्यबस्थापक दहालले जानकारी दिनुभयो।
तालिमको उद्घाटन बागमती प्रदेश सहकारी संघका महासचिव भिम प्रसाद दहालले गर्नुभएको छ।जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवी प्रसाद शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेफ्स्कुन फिल्ड कार्यलय चरिकोटका प्रमुख समिट खड्का,जिल्ला सहकारी संघ दोलखाका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद दहाल,महासचिव दिल बहादुर केसिले मन्तव्य राख्नुभएको थियो।तालीम उद्घाटनमा जिल्ला सहकारी संघका कोषाध्यक्ष नवीनकुमार खतिवडा,संचालक सदस्य सविना भण्डारी आचार्यको लगायतको सहभागीता रहेको थियो।