फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश राजनीति लेख तथा रचना

बालेन र हर्क साम्पाङहरुको जित सँग जोडिएका सवालहरु

बिदुर प्रसाद दहाल

शायदै मानिसले कल्पना गरेका थिए:काठमाडौमा बालेन र धरानमा हर्क साङपाङहरुले मेयर जित्छ्न!!!जितेरै छोडे। यो जितलाई अनेकन कोणबाट  विश्लेषण गर्न सकिन्छ। पार्टीको सङ्कुचित घेराबाट जनता बाहिर जान सक्दैनन भन्ने दलहरुको भाष्यलाई बालेन र हर्कको जितले गलत साबित गरिदिएको छ। यो स्थानीय चुनावको सबैभन्दा गतिलो पाठ र सिकाई हो।

भारतमा केजरिवालको उदय , फ्रान्समा राष्ट्रपति म्याक्रोनको बिजयलाई यहि रुपमा लिनु पर्ने हुन्छ। अब जनता नेता र कार्यकर्ता भन्दा बढी सोच बिचार गर्न सक्ने भएका छ्न।नेताले जनतालाई सिकाउने होइन;अव जनताले सिकाउने छ्न।जनता आफै सचेत छ्न। जनतालाई काम नगर्ने पार्टी  र बेकामे  ” वाद” र उनिहरुका झुटा भाषणसग बितिष्णा छ।
साच्चिकै बालेन र हर्कहरुले काम गरेर देखाउन सके भने!!! आउदा दिन पुराना भनिने र सधै इतिहासको धाक लगाउने पार्टीको जग हल्लिने छ।उनिहरुलाई झापड लगाउने छ।उनिहरुले सुधारिने वा समाप्त हुने भन्ने कुराको छनौट गर्नु पर्ने हुन्छ। जुन उनिहरुका लागि अप्रीय भए पनि जनताका लागि सुखद कुरा हो।

# बालेन र हर्क सङपाङको जितले उठाएका सवाल-
*जनता परिवर्तन चहान्छ्न,पार्टी र उनिहरुको निराशा लाग्दो प्रस्तुति र कुशासन प्रति बितिष्णा छ।
*जनताहरु पार्टीको घेरा सजिलै तोडन सक्छ्न।
* परिवर्तन र रुपान्तरणका लागि बिगतमा माओवादीले, पूर्व मालेले र काङ्ग्रेसहरुले गरेको जस्तो नरसंहार र बिनास अनावश्यक रहेको पुष्टि गर्दछ।
* चुनाव जित्न पार्टी चाहिन्छ, कार्यकर्ता चाहिन्छ, पैसा चाहिन्छ, तडक भडक चाहिन्छ भन्ने कुराको अस्वीकार गर्दछ।
* चुनाव चिन्ह बारेमा पुराना पार्टीमा जुन खालको लिगेसि थियो,त्यो केही होइन रहेछ, केवल भ्रम भन्ने कुराको पुष्टि गर्दछ।
* काठमाडौले मधेसीलाई हेप्छ भन्ने राजेन्द्र महतो र उपेन्द्र यादवहरुलाई गतिलो जवाफ र झापड।
* नेता र पार्टीहरुले जवर्जस्त सिर्जना गरेको जातियता, साम्प्रदायिकता र लैगिकताको भाष्यलाई खारेज गर्दछ्।
*परिवर्तनका लागि  सचेतना नै काफी हुन्छ भन्ने बलियो  प्रमाण ।
उल्लेखित तथ्यहरु लेखिरहदा ग्रामीण क्षेत्रमा  बुथ कब्जा ,भोट खरिद,झुटा आश्वासन आदिले काम गरिरहेको दारुण अवस्था भने कहिले परिवर्तन होला। भन्न सकिन्न!!!???

याे पढ्न छुटाउनु भयाे की ?

यस्तो छःएक क्वीन्टल सुन भित्र्याउने आरोपित  भुजेलको घर परिवार

Friendship Khabar

शिक्षक कल्याण को हाजिर जवाफमा त्रिपूरा प्रथम

Kedar Dahal

नव जन उत्थान साकोषद्वारा आर्थिक सहयोग

Friendship Khabar