१८ जेठ, बैतेश्वर । दोलखाको बैतेश्वर गाउँपालिकामा साताको एक दिनमात्रै सार्वजनिक बिदा हुने भएको छ ।
नेपाल सरकारले सातामा शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि गाउँपालिकाले शनिबारमात्रै बिदा दिने निर्णय गरेको हो ।
गाउँकार्यपालिकाको मिति २०७९ साल जेठ १६ गतेको बैठकको निर्णय अनुसार मिति २०७९ साल जेठ १ गते देखी लागु हुने गरि निर्णय गरेको हो । गाउँपालिकाले आज जारि गरेको सूचना अनुसार अब आइतबारदेखि बिहीबारसम्म बिहान १० बजे देखि साँझ पाँच बजेसम्म कार्यालय सञ्चालन हुनेछन् । शुक्रबार भने बिहान १० बजे देखि दिउँसो तिन बजेसम्म कार्यालय समय तोकिएको छ ।