फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश समाचार

असार १ गते देखि आइतबार विदा नदिने

तेन्जिङ शेर्पा

२४ जेठ, दोलखा । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकले असार १ गते देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको हो।

गत वैशाख २६ गते बसेको मन्त्रिरिषदको बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि  शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।

सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो ।

जेठ १ गतेदेखि लागु हुनेगरी सरकारले परीक्षणको लागि भन्दै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो। तर एक महिना पनि कार्यान्वयन नहुँदै निर्णय फिर्ता भएको हो।

यसरी सरकारले बिदा दिने निर्णय गरेपछि धेरैले विरोध जनाउँदै आएका थिए। कतिपय स्थानीय तहले सूचना जारी गर्दै आइतबार पनि प्रशासन तथा विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेका थिए।  

अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । आइतबारे सार्वजनिक बिदा खारेज भएसँगै कार्यालय समय पनि साविककै बिहान १० देखि साँझ ५ बजेसम्म कायम हुने छ ।

याे पढ्न छुटाउनु भयाे की ?

उपाध्यक्ष तामाङकाे निधन भएपछि गाैरिशंकर गा पा मा मंगलबार शाेक बिदा

Kedar Dahal

शिक्षकलाई निजामती सरह सेवासुविधा दिइने: शिक्षामन्त्री देवेन्द्र पौडेल

Kedar Dahal

यलुङ रि हिमपहिरोमा पुरिएका पाँचै जनाको शव भेटियो

Kedar Dahal