फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

वैतेश्वरमा सामाजिक सुरक्षा संम्बन्धी अभिमुखीकरण

मैनापोखरी/दोलखाको वैतेश्वर गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएको छ।

वैतेश्वर गाउँपालिकाको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा सामाजिक सुरक्षा तथा पंजिकरण संम्बन्धी ऐन नियम र कानुनी प्रावधान र समस्या हरुको समाधान बारे छलफल गरिएको थियो।

तीन दिनसम्म चलेको तालिम कार्यक्रममा २ दिन वडा अध्यक्ष तथा तथा वडा सचीवहरुलाई संयुक्त रुपमा तालिम दिइएको र तेश्रो दिन वडा सचीवलाई मात्र राखेर तालिम दिइएको थियो।

वैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराम पोखरेल को अध्यक्षतामा भएको तालिम समापन सत्रमा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेतीले मन्तव्य राख्दै तालिममा सिकेको ज्ञान सीप लाई जनस्तरमा सरल र सहज ढंगले सेवा प्रबाह गर्न आग्रह गर्नुभयो ।
सामाजिक सुरक्षा संम्बन्धी नयाँ ऐन,कानुन,नियमावली,र निर्देशिका बारे वडा अध्यक्ष र सचिब हरुलाई जानकारी गराउने उदेश्य ले कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेशराम पोखरेल ले बताउनु भयो।

याे पढ्न छुटाउनु भयाे की ?

पहिरो पीडितलाई लायन्स क्लबको राहत

Friendship Khabar

आँधीखोलामा निशुल्क आँखा शिविर

Nabin Kumar Khatiwada

आँधिखाेलामा असारको चटारो!!!

Friendship Khabar