फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

जिसस दोलखामा गठबन्धन विजयी

दोलखा /जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी प्रमुख र नेकपा एकीकृत समाजवादीका दोर्जी शेर्पा उपप्रमुख पदमा निर्वाचित भएका छन ।

विजयी भएका  माओवादी केन्द्रका नेता घतानीले नेकपा एमालेका उम्मेदवार ऋषिकेशव उप्रेतिलाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएका छन् । घतानीले ११ मत प्राप्त गरे भने उप्रेतिले ७ मत मात्रै प्राप्त गरेका छन् ।
यस्तै उपप्रमुखमा उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका दोर्जी शेर्पा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका गोमा केसीलाई ४ मतको अन्तरले पराजीत गरेका थिए भने  बाँकी ७ जना सदस्य गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेताहरु निर्वाचित भएका छन् ।

विजयी हुनेहरुमा कृष्ण श्रेष्ठ, कल्पना थामी, अनिल तमाङ, निलम ठकुरी, मेनुका चौंलागाई, सन्तेन्जु शेर्पा र टसि शेर्पा रहेका छन।निर्वाचनमा गठबन्धन दलका ९ जना र एमालेका ९ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकाे थियो ।
यस अघि एकलौटी रहेको जिसस दोलखामा नेकपा एमालेका एक जना पनि उम्मेदवार निर्वाचित भएनन यो सँगै नेकपा एमाले जिल्ला समन्वय समितिको नेतृत्वबाट बाहिरिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

कलम अंकित झण्डा लेनिन पिकमा फहराउदै लालबहादुर

Friendship Khabar

नेकपा एस लादुकको अधिवेशन,नेता जितविर लामा द्वारा शुभकामना

Friendship Khabar

सुरिमा नागरिक आरोग्य स्वास्थ्य केन्द्र स्थापना

Friendship Khabar