फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

शारदा माविमा निशुल्क छात्राबास सहित पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा

शैलुङ/दाेलखाकाे शैलुङ गाउँपालिका वडा नं ८ मा रहेकाे सारादा माविमा पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा पढाइ हुनेे भएकाे छ । विद्यालयमा ३ वर्षे बाली विज्ञान र १८ महिने पशुविज्ञान पढाइ हुँदै आएकाे छ ।

विद्यालयका व्यवस्थापन समिती अध्यक्ष कमल श्रेष्ठले प्राविधिक तथा स्वराेजगारमूलक शिक्षा जनशक्ति उत्पादनका लागि सबै निशुल्क गर्न लागिएको जानकारी दिए । विद्यालयका कमल श्रेष्ठकाे अध्यक्षमा आइतबार नयाँ व्यवस्थापन समिति गठन भएको हाे । नयाँ व्यवस्थापन समिति गठन भएकै दिन विद्यालयमा पढाइ हुँदै आएकाे प्राविधिक शिक्षाकाे खर्च सहयाेगीबाट दान संकलन गरेरै भए पनि विद्यार्थीसँग कुनै शुल्क नलिने निर्णय गरेको हाे।

यस अघि विद्यालयले प्रति विद्यार्थी ३ वर्षे बाली विज्ञान काेर्षकाे १ लाख १० हजार र १८ महिने पशु विज्ञान (भेटेरीनरी)को ३० हजार तिर्नु पर्ने व्यवस्था छ । विद्यालयले प्रकाशित गरेको सुचना अनुसार शैक्षिक वर्ष २०७९ मा भर्ना हुने विद्यार्थीले शुल्क र छात्रावास समेत निशुल्क प्रयाेग गर्न पाउँने छन् । दुवै संककायमा ४०/४० जना पढाइ हुनेछ ।

याे पढ्न छुटाउनु भयाे की ?

अतिरिक्त हुलाक खारेज विरुद्ध हुलाकीहरूकाे चरिकोटमा धर्ना

Friendship Khabar

नेकपा एस मेलुङमा बस्नेतको नेतृत्वमा सर्वसम्मत, फोटो फिचर

Friendship Khabar

अनेरास्ववियु वैतेश्वरकाे अध्यक्षमा सुशील दहाल

Friendship Khabar