फ्रेण्डसिप खबर
अन्तराष्ट्रिय समाचार गृह पृष्ठ धर्म र संस्कृति

प्रदेशमा रहेर पनि यूएईमा तीज विशेष कार्यक्रम 

सन्दीप पौडेल

दोलखा / यूएईमा तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। स्याङजा सहयोग समाज यू.ए.ई को आयोजनामा २०७९ भाद्र १२ (२८ अगस्ट २०२२) गतेका दिन तीज विशेष सांङगितिक कार्यक्रम २०२२ सम्पन्न भएको हो।
स्याङजा सहयोग समाज यूएईका अध्यक्ष गोविन्द प्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न सांगीतिक कार्यक्रममा नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक गायिकाहरु खुमन अधिकारी, शान्ति श्री परियार, उमादेवी खनाल तथा मोडल तथा डान्सर अभिषेक खड्का लगाएतको बेजोड प्रस्तुति रहेको थियो।

प्रदेशमा रहेर पनि नेपाली कला, संस्कृतिको संरक्षण, प्रवर्दन र जगेर्ना गर्ने साथ साथै प्रवासमा रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजना गरेको तीज विशेष सांगीतिक कार्यक्रमले हाम्रो नेपाली मौलीक पराम्परालाई जोगाई राख्न टेवा पुगेको कार्यक्रमका प्रमुख अतिथि स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वयन समितिका अध्यक्ष टुकराज अर्यालले बताए।
पछिल्लो समयममा पश्चिमा संस्कारको सिकोले हाम्रा मौलिक चाडपर्व तथा कला, संस्कृतिहरु लोप हुने अवस्थामा छन। तसर्थ यस्ता कार्यक्रमले नेपाली संस्कार र संस्कृतिको जगेर्ना हुने विश्वास लिइएको छ। यसका साथ साथै प्रदेशमा रहेका नेपाली दाजु भाई दिदिबहिनिहरुलाई पनि मनोरञ्जन प्रदान गर्न सकिएको समाजका सल्लाहकार थमन सिंह रानाभाट तथा आईसिसी सल्लाहकार तथा समाजका संरक्षक एकेन्द्र बहादुर थापाले बताए ।
समाजका महासचिव जीवन पंगेनी र गायिका उमादेवी खनालले संयुक्त रुपमा संचालन गरेको सांगीतिक कार्यक्रम एभरेष्ट कल्ब–अस्टोरिया होटल बरदुवईमा सम्पन्न भएको हो।

याे पढ्न छुटाउनु भयाे की ?

अत्यावश्यक सुरक्षा सावधानी अपनाएर मात्रै काम गर्न निर्देशन

Nabin Kumar Khatiwada

नेकपा एस निकट जनवर्गीय संगठन द्वारा एमसीसी विरुद्ध दोलखामा प्रदर्शन

Friendship Khabar

मेयर हर्क साम्पाङले सार्वजनिक गरे सय दिनका कामहरु

Nabin Kumar Khatiwada