फ्रेण्डसिप खबर
गृह पृष्ठ

मेयर हर्क साम्पाङले सार्वजनिक गरे सय दिनका कामहरु

प्रदेश नम्बर एक मा पर्ने सुनसरी जिल्ला धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आफू धरानकाे मेयर भएपछि एक सय दिनभित्र के-के काम गरियो भन्ने प्रश्न सोध्नेलाई जवाफ दिदै उनले १३ वटा कामहरु बिहीबार आफ्नो फेसबुक पेजबाट सार्वजनिक गरेका छन!
मेयर राईले बिहीबार आफ्नो फेसबुक पेजबाट सार्वजिनक गरेका कामका विवरणमा उनले भनेका छन्।

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !
२. ४ ठाउँबाट खानेपानीको मूहान थपें !
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !
४. ६ लाख विरुवा रोपें !
५. सरसफाइमा देखिने सुधार ल्याएँ !
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !
८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन !
९. लागु औषध विरुद्धको अभियान शुरु गरें !
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !

याे पढ्न छुटाउनु भयाे की ?

वैतेश्वर रनिङ शिल्ड हनुमन्तेश्वर माविकाे कब्जामा

Kedar Dahal

विष्णु पौडेलले राजधानीसँग अर्थमन्त्री साट्नुभयो:-गुरुङ

Friendship Khabar

कटुवाचौरमा आगलागी करोडौंको क्षति

Friendship Khabar