दोलखा /राष्ट्रिय स्वतन्त्र पार्टीले दाेलखा बाट जगदीश खरेललाई प्रत्यक्षतर्फ र समानुपातिक उम्मेदवारका लागि नन्दलाल दाहाललाई सिफारिस गरेकाे छ।
कालिञ्चाेक गाउँपालिका वडा नं ८ स्थायी घर भएका खरेल इन्जिनियर हुन् भने वैतेश्वर ३ मिर्गे घर भएका दहाल चरिकोटका स्थापित ब्यबसायी हुन। सानै उमेरदेखि व्यवसायमा लागेका खरेल हाइड्रोपावर सहितका कम्पनीकाे नेतृत्व गर्दै अाएका छन् । उनलाई संघीय संसदका लागि उम्मेदवार बनाउन लागिएको छ ।
प्रतिनिधि सभाका लागि एक मात्र क्षेत्र रहेकाे दाेलखामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिन लागेको खरेलले बताए ।
पुराना दलमा एउटै व्यक्ति २०४८ देखि लगातार उसकाे मात्र जस्तो गरि छाड्दैनन् । युवाहरूले लहर रहेकाले अाफूलाई उम्मेदवार बनाउन युवाहरूकै पहलमा शनिबार बसेकाे पार्टीको जिल्ला समितिले निर्णय गरेकाे बताए ।