दोलखा/नेपाल कम्युनिस्ट पार्टी, दोलखाको ऐतिहासिक छैटौं जिल्ला सम्मेलन सम्पन्न भएको छ।
‘दलाल पुँजीवादी राज्यसत्ता, संसदीय व्यवस्था र राष्ट्रघात अन्त्यको निम्ति निर्णायक आन्दोलन ! वैज्ञानिक समाजवाद स्थापनाको लागि एकीकृत जनक्रान्तिको दिशामा ऐतिहासिक छैटौं दोलखा जिल्ला सम्मेलन !!’ भन्ने मुल नाराका साथमा भदौ २४ गते दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको हो।
सम्मेलनको उद्घाटन समारोह पुर्व सयौं जनसमुदायहरुको र्याली प्रदर्शन गरिएको थियो । पन्चेबाजा र झाँकीसहित भएको उक्त प्रदर्शन दोलखा जिल्लाको सदरमुकाम चरिकोटको चरिघ्याङ्गबाट शुरु भई सातदोबाटो चोक हुँदै सडकविभाग गेट पुगेर पुनः सातदोबाटो चोक हुँदै चरि¥याङ्गसम्म पुगेको थियो ।
अर्जुन योगीको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन समारोहको संचालन राजकुमार लामीछानेले गरेका थिए । उक्त उद्घाटन समारोहमा पार्टीका केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज प्रेम दर्नाल (विकल्प) प्रमुख अतिथि थिए । त्यस्तै अतिथिहरुमा पार्टीका विशेष समिति सदस्यहरु यादव दाहाल, संजीप नेपाली, अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रजिना दर्नाल, आदरणीय सहिद परिवारहरु थिए ।
सम्मेलनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि प्रेम दर्नाल (विकल्प) ले यो सम्मेलन दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था ढाल्नको निमित्त संघर्षको उद्घाटन भएको बताए । आफ्नो महत्वपुर्ण भनाईका क्रममा उनले आफ्नो पार्टीको विगत सात वर्षदेखिको संघर्षले दलाल पुँजीवादी सत्ता र दलाल संसदीय व्यवस्थालाई मृत्युको शैयामा पु¥याई सकेको र मृत्यु भएको घोषणा गर्न मात्र बाँकी रहेको बताए । उनले यो दलाल सत्ता र दलाल संसदीय व्यवस्थाको मृत्युको घोषणा निकट दिनहरुमा नै गरिने र देश र जनताको चम्किलो भाग्य र भविष्यको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गरिने बताए । उनले नेपाल कम्युनिस्ट पार्टी र यसको कुशल नेतृत्वहरुबाट मात्रै नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न सकिने बताउदै वैज्ञानिक समाजवादी व्यवस्थामा जनताले प्राप्त गर्ने अधिकारहरुका बारेमा स्पष्ट व्याख्या गरेका थिए । आफ्नो मन्तव्यका क्रममा उनले नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारका बीचमा भएको तीनबुँदे सहमति पूर्ण रुपमा कार्यान्ययन गर्नुपर्ने, नेपाल कम्युनिस्ट पार्टीका महासचिव क. विप्लव, प्रवक्ता क. प्रकाण्डलगायतका नेता, कार्यकर्ताहरुमाथि जारी गरेको कथित पक्राउ पुर्जी तुरुन्त खारेज गर्नुपर्ने, नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताहरुमाथि लगाइएको झुट्ठा मुद्दाहरु तुरुन्त खारेज गर्नुपर्ने, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौता तुरुन्त खारेज गर्नुपर्ने, चर्को महंगी र मूल्य वुद्धि तुरुन्त खारेज गनुपर्ने, दलाल पुँजीवादी सत्ता र दलाल संसदीय व्यवस्थाको चरम भ्रष्टचार, अनियमितता, बेरुजुको तुरुन्त छानबिन गरी भ्रष्टचारीहरुलाई कडा कार्वाही गर्नुपर्ने, राष्ट्रघाती, जनघाती, भ्रष्टचारीहरुलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने बताए । यदि यो राज्यको सम्बन्धित निकायहरुबाट कार्वाही नभएमा आफ्नो पार्टीले नेतृत्व गर्ने संघर्षको तागतले सबैखाले अन्याय, अत्याचार, भ्रष्टचार, अनियमिततालाई खरानी बनाइदिने समेत उनले बताए । आफ्नो महत्वपूर्ण भनाईका क्रममा उनले अहिलेको विश्व परिस्थिति, राष्ट्रिय परिस्थिति, दोलखाको पार्टीले गर्नुपर्ने कामहरुका बारेमा स्पष्ट व्याख्या गरेका थिए भने दलाल पुँजीवादी व्यवस्था, दलाल संसदीय व्यवस्था, यसका दलाल संचालकहरु, यथास्थितिवाद, संसदवाद, दक्षिणपन्थी संसोधनवाद, जनसुत्रीय संशोधनवाद, फुटवादका विरुद्धमा निर्ममतापूर्वक संघर्ष गर्नका निमित्त आम न्यायप्रेमी दोलखाली जनसमुदायहरुलाई अपिल समेत गरेका थिए । यो सम्मेलनको उद्घाटन समारोहमा राजन धनुकेले स्वागत मन्तव्य राखेका थिए भने संजीप नेपालीले शुभकामना मन्तव्य राखेका थिए ।
सम्मेलनको बन्द सत्र समारोहमा ४७४ जना प्रतिनिधि, पर्यवेक्षकको उपस्थिति रहेको थियो । उक्त बन्द सत्र समारोहमा राजन धनुके, राजकुमार लामीछाने, बसुन थामी रहेको तीन सदस्यीय अध्यक्ष मण्डल बनेको थियो । उक्त अध्यक्ष मण्डलको तर्फबाट राजन धनुकेले बन्द सत्र समारोहको संचालन गरेका थिए । उक्त बन्द सत्रमा अर्जुन योगीले ‘दलाल पुँजीवादी राज्यसत्ता, संसदीय व्यवस्था र राष्ट्रघात अन्त्यको निम्ति निर्णायक आन्दोलन ! वैज्ञानिक समाजवाद स्थापनाको लागि एकीकृत जनक्रान्तिको दिशामा ऐतिहासिक छैटौं दोलखा जिल्ला सम्मेलन !!’ भन्ने शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने उक्त प्रतिवेदन एकमतले पारित भएको थियो । तत्पश्चात बन्द सत्र समारोहमा प्रमुख अतिथि प्रेम दर्नाल (विकल्प) ले अर्जुन योगीको नेतृत्व (सेक्रेटरी) मा ३१ सदस्यीय दोलखा जिल्ला समितिको प्रस्ताव पेश गरेका थिए, उक्त प्रस्ताव एक मतले पारित भएको थियो । तत्पश्चात निर्वाचित समितिलाई यादव दाहालले बधाई मन्तव्य दिएका थिए । उक्त सम्मेलनको उद्घाटन समारोह र बन्द सत्रमा सामना सांस्कृतिक परिवारका कलाकारहरुले आधा दर्जन प्रस्तुति प्रदर्शन गरेका थिए।

