फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

गुरुहरुलाई उच्चप्रविधि कक्षा तालिम

प्रकाश दहाल

दाेलखा/दोलखाको भीमेश्वर नगरपालिकाकाे वडा नं. २ स्थित राजकुलेश्वर आधारभूत विद्यालयमा १३ जना शिक्षकहरुलाई उच्च प्रविधि कक्षा व्यवस्थापन तालिम २०७९/०९/३० गते सम्पन्न गर्दै ओैपचारिक समापन कार्यक्रम भएकाे छ।

समापन कार्यक्रमलाई नगरप्रमुख इश्वरनारायण मानन्धरले सम्बाेधन गर्नुभएकाे थियाे। वडा अध्यक्ष स्टालिन श्रेष्ठ, सल्लाहकार समिति सदस्य पुरुषार्थ श्रेष्ठ , चन्दादाता पार्वती श्रेष्ठ, आविस्कार केन्द्र शिक्षा शाखा प्रमुख दृष्या गुरुङ लगाएतकाे सम्बाेधनले कार्यक्रमकाे ओैचित्यता, महत्व, सान्दर्भिकतालाई उजागर गर्दै भावी गन्तव्यसम्मकाे यात्रालाई दिशानिर्देश समेत गरेकाे थियाे।

सुरुवाती चरणकाे सातदिने तालिममा सहजिकरण गरेकाेमा खुसि हुँदै प्रमुख अतिथि नगरप्रमुख तथा विशेष अतिथि वडा अध्यक्ष द्वारा भिमेेश्वर मन्दिरकाे झल्काे दिने काठकाे मुर्ति र रुद्राक्ष उपहार हस्तान्तरण गर्नुभयाे।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाश दाहाले सञ्चालन गर्नुभएकाे थियाे भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष अजय प्रधानले हेल्प नेपाल नेटवर्क र राष्ट्रिय आविस्कार केन्द्रलाई हालसम्मको सहयाेगप्रति कृतज्ञ हुँदै विद्यालय परिवारकाे तर्फबाठ आगामी यात्रामा थप सहकार्यकाे अपेक्षा सहित समापन गर्नुभएको थियाे।

याे पढ्न छुटाउनु भयाे की ?

विगू ७ काे सिंगाे वडा कमिटी रास्वपा प्रवेश

Nabin Kumar Khatiwada

नेकपा एस दोलखा काठमाडौ सम्पर्कको अध्यक्षमा बिकल श्रेष्ठ,(अधिवेशन फोटो फिचर)

Friendship Khabar

जिल्ला सहकारी संघको स्थापना दिवस,दृष्टीविहिनलाई सहयोग

Friendship Khabar