फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश समाचार

प्रमुख शर्माद्वारा ज्येष्ठ नागरिक दिव्य सेवा आश्रयस्थलको प्रसंशा

मकवानपुर/बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले ज्येष्ठ नागरिक अनुभव तथा ज्ञानको खानी भएकाले उनीहरुलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
हेटौंडा १५ मा रहेको दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलको सातौ वार्षिक साधारणसभामा प्रमुख अतिथीका रुपमा सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख शर्माले उमेरले पाका नागरिकले समाजका लागि आफ्ना ज्ञान बाँड्ने भएकाले उनीहरुको सम्मान तथा विशेष हेरचाह गर्नु आवश्यक रहेको बताउनुुभयो । दिव्यसेवा निकेतन ज्येष्ठ नागरिक आश्रम पाका नागरिकको सेवामा समर्पित भएकोप्रति प्रमुख शर्माले प्रसंशा गर्दै बधाई समेत दिनुुभयो ।
कार्यक्रममा आश्रमका अभिभावक एवं पूर्व सांसद केदारप्रसाद न्यौपाने, बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, मकवानपुरका जिल्ला न्यायधिस ऋषिराम निरौला, नारायणी यातायात व्यवसायी संघका पूर्व अध्यक्ष बद्रीप्रसाद चौलागाईं, सामाजिक अभियन्ता यादव गजुरेल, ज्येष्ठ नागरिक संघ मकवानपुरका अध्यक्ष हरिप्रसाद सिग्देल, गैर सरकारी संस्था महासंघका बागमती प्रदेश समितीका अध्यक्ष कमल कुमार विश्वकर्मा, ज्येष्ठ नागरिक दिव्य सेवा निकेतन आश्रयस्थलका केन्द्रीय अध्यक्ष तेजराज निरौला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो

याे पढ्न छुटाउनु भयाे की ?

नव जनउत्थान साकोषको कुल पुजी १८ करोड

Friendship Khabar

जसपा जिल्ला कोषाध्यक्ष सहित नेकपा एसमा प्रवेश

Friendship Khabar

शिक्षकलाई निजामती सरह सेवासुविधा दिइने: शिक्षामन्त्री देवेन्द्र पौडेल

Kedar Dahal