फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

प्रेस सेन्टर दोलखाका संस्थापकहरु सम्मानित

केदार दहाल

दोलखा/प्रेस सेन्टर नेपाल दोलखाले संस्थापक अध्यक्ष सहित ९ जना संस्थापकलाई सम्मान गरेको छ ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति दोलखाले छैंटौ साधारणसभाको अवसरमा संस्थापक अध्यक्ष लक्ष्मण खड्का सहित ९ जनालाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा प्रेस सेन्टर नेपाल दोलखाका संस्थापक सदस्यहरु शिवकुमार भुजेल, दिलबहादुर केसी, शिवजी प्रधान, तेन्जिङ शेर्पा, कुलविन्द्र फुँयाल, मोहन थापा र सन्तोषि कार्की रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सांसद गंगा कार्की विश्व, प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा जुगल, पूर्ब महान्यायधिबक्ता मुक्तिनारायण प्रधानले सम्मानपत्र सहित उनीहरुलाई सम्मान गर्नुभएको हो ।

२०६४ साल फागुनमा ९ जना पत्रकार मिलेर जिल्लामा प्रेस सेन्टर नेपाल दोलखाको स्थापना गरिएको थियो। त्यसयता दोलखामा प्रेस सेन्टर दोलखाको पत्रकारितामा शसक्त भुमिकामा रहेको छ।

याे पढ्न छुटाउनु भयाे की ?

फागु जस्ता मौलिक पर्वले एकताको सुत्रमा बाँधी राख्नेछन -प्रमुख शर्मा

Friendship Khabar

रेडक्रसद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Kedar Dahal

गाैरिशंकरमा नि:शुल्क स्वास्थ्य शिविर संचालन, राेग नलुकाइ परिक्षण गराउन अध्यक्ष कार्कीकाे अनुराेध

Kedar Dahal