फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

प्रेश सेन्टर दोलखाको अध्यक्षमा बस्नेत,सचीवमा दहाल

तेन्जिङ शेर्पा

चरिकोट /प्रेस सेन्टर नेपाल दोलखाको छैटौं साधारणसभाले सुरज बस्नेत (अविरल) को अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।

दोलखा सदरमुकाम चरिकोटस्थित हाम्रो रेडियोको सभाहलमा आयोजित साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । प्रेस सेन्टर नेपाल दोलखाको उपाध्यक्षमा प्रमिला नेपाली, सचिवमा केदार दहाल, कोषाध्यक्षमा गोविन्द थामी चयन भएका छन् । यस्तै सदस्यहरुमा ईश्वर विश्वकर्मा, प्रकाश कौशल, भुपेन्द्र प्रसाद भण्डारी, ईश्वरी बुढाथोकी, मिलन थामी, जेनी तमाङ, सविना थापा, नविन सुनुवार र सुमित्रा थामी चयन भएका छन् ।

यसैबीच प्रेस सेन्टर नेपाल दोलखाले जिल्लाको ९ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तह पालिकास्तरीय कमिटी गठन गरेको छ । जसअनुसार गौरीशंकर गाउँपालिकामा प्रकाश कौशलको अध्यक्षतामा कमिटी गठन भएको छ भने भीमेश्वर नगरपालिकामा ईश्वर विश्वकर्माको अध्यक्षतामा कमिटी गठन गरिएको छ ।
यस्तै मेलुङ गाउँपालिकामा भुपेन्द्र प्रसार भण्डारीको अध्यक्षतामा, जिरी नगरपालिकामा नविन सुनुवारको अध्यक्षतामा कमिटी गठन गरिएको छ भने वैतेश्वर गाउँपालिकामा सविना थापाको अध्यक्षतामा कमिटी गठन भएको छ । यसैगरी शैलुङ गाउँपालिकामा ईश्वरी बुढाथोकीको अध्यक्षतमा,कालिञ्चोकमा मिलन थामीको अध्यक्षतामा र विगु गाउँपालिकामा जेनी तमाङको अध्यक्षतामा कमिटी गठन गरिएको छ । तामाकोशी गाउँपालिकामा भने पछि कमिटी गठन हुनेछ।

याे पढ्न छुटाउनु भयाे की ?

“कि जितिन्छ, कि बितिन्छ” भनेर गएका शिक्षकलाई विद्यालय संचालन गर्न पालिकाकाे निर्देशन

Kedar Dahal

बीआरआई बाट फाइदा लिन कांग्रेस प्रतिनिधिमण्डल लाई चीनको आग्रह

Nabin Kumar Khatiwada

नेकपा एस दोलखाको अध्यक्षमा भिम दहाल सर्वसम्मत

Friendship Khabar