फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार राजनीति

नेकपा एसले पठायो मन्त्रीको लागि नाम

काठमाडौ /प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे आग्रहमा नेकपा एसले आफ्नाे पार्टीबाट मन्त्री बनाउन नेता प्रकाश ज्वालाकाे नाम पठाएकाे छ ।
पहिलाे चरणमा बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीबाट मन्त्री बन्ने एक जनाकाे नाम शीघ्र पठाउन अध्यक्ष माधव कुमार नेपाललाई आग्रह गरेका थिए । लगत्तै अध्यक्ष नेपालले  बुधबार नै पार्टी केन्द्रीय सचिवालयको आकस्मिक बैठक राखेका थिए । बैठकले पहिला ज्वालाकाे नाम पठाउने सहमति गरेकाे पार्टीका सम्मानित नेता झलनाथ खनालले बताए ।
प्रधानमन्त्रीले नेकपा एसका ज्वालालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिन सक्ने सम्भावना छ ।यस्तै, एसबाट उपाध्यक्ष बेदुराम भुसाल पनि मन्त्री हुने सूचीमा छन् । उनको नाम फाइनल भएपनि मन्त्रालय भने टुंगाे लागिसकेकाे छैन ।

एसले ३ मन्त्रालय दाबी गरेको छ ।मन्त्रालयकाे सङ्ख्या कम र सत्ता गठबन्धनमा रहेका दल र आंकक्षीकाे संख्या बढी हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेकाे छ ।

याे पढ्न छुटाउनु भयाे की ?

जातीय विभेद गर्ने विरुद्ध तत्काल प्रतिरोध गर्न माधव नेपालको निर्देशन

Friendship Khabar

जग्गा धितो रोक लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश

Friendship Khabar

दाेलखामा ४ किलाे सुन सहित ५ जना पक्राउ गरि सार्वजनिक

Friendship Khabar