फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार राजनीति

नेकपा एसले पठायो मन्त्रीको लागि नाम

काठमाडौ /प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे आग्रहमा नेकपा एसले आफ्नाे पार्टीबाट मन्त्री बनाउन नेता प्रकाश ज्वालाकाे नाम पठाएकाे छ ।
पहिलाे चरणमा बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीबाट मन्त्री बन्ने एक जनाकाे नाम शीघ्र पठाउन अध्यक्ष माधव कुमार नेपाललाई आग्रह गरेका थिए । लगत्तै अध्यक्ष नेपालले  बुधबार नै पार्टी केन्द्रीय सचिवालयको आकस्मिक बैठक राखेका थिए । बैठकले पहिला ज्वालाकाे नाम पठाउने सहमति गरेकाे पार्टीका सम्मानित नेता झलनाथ खनालले बताए ।
प्रधानमन्त्रीले नेकपा एसका ज्वालालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिन सक्ने सम्भावना छ ।यस्तै, एसबाट उपाध्यक्ष बेदुराम भुसाल पनि मन्त्री हुने सूचीमा छन् । उनको नाम फाइनल भएपनि मन्त्रालय भने टुंगाे लागिसकेकाे छैन ।

एसले ३ मन्त्रालय दाबी गरेको छ ।मन्त्रालयकाे सङ्ख्या कम र सत्ता गठबन्धनमा रहेका दल र आंकक्षीकाे संख्या बढी हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेकाे छ ।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एस निकट जनवर्गीय संगठन द्वारा एमसीसी विरुद्ध दोलखामा प्रदर्शन

Friendship Khabar

दोलखामा  स्थानीय तह कर्मचारी  हक हित  संघर्ष समिति गठन

Friendship Khabar

एमाले निकट व्यवसायीहरुको सिंगो जिल्ला कमिटी नेकपा एकिकृत समाजवादीमा

Friendship Khabar