फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ धर्म र संस्कृति बागमती प्रदेश समाचार स्थानीय समाचार

२६५१ मिटरको उचाइमा रहेको हनुमन्तेमा वृहत मेला हुँदै

केदार दहाल

खावाडाँडा/नयांँ वर्ष २०८० को अवसरमा हनुमन्ते डाँडामा १ दिने वृहत हनुमन्ते मेला लाग्ने भएकाे छ

शिवका अवतार, शक्तिका प्रतीक,अष्ट सिद्धिका नायक हनुमानको प्राचीन स्थानको रूपमा परिचित दोलखाको जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका र गौरीशंकर गाउँपालिकाको संगमस्थल हनुमन्तेश्वरमा  बैशाख १ गते नववर्षकाे अवसरमा १ दिने हनुमन्ते मेला तथा नयाँ वर्षको शुभकामना आदान प्रदान र साँस्कृतिक कार्यक्रम आयोजना गरिने भएको हो ।
हनुमन्ते पर्यटन विकास समितिका अध्यक्ष नुर्वु शेपाले हनुमन्ते क्षेत्रकाे प्रचार तथा पर्यटन प्रबर्द्धनका लागि उक्त मेलाकाे आयाेजना गर्न लागिएकाे बताउनुभयाे । मेलामा विभिन्न साँस्कृतिक कार्यक्रमहरु लामा नृत्य प्रस्तुती, २५ जना भन्दा बढी झाँक्रीहरुबाट झाँकि नाच प्रर्दशन, रास्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुती, शेर्पा श्यार्बो नृत्य,विभिन्न क्लब तथा समूहहरुको वनभोज कार्यक्रम, पञ्चेबाजामा नृत्य प्रस्तुती, स्थानीय दोहोरी प्रतियोगिता,स्थानीय नृत्य प्रतियोगिता पनि हुने बताउनुभयाे ।

समितिका सचिव तेन्जिङ शेर्पाका अनुसार साँस्कृतिक कार्यक्रममा झाँकि प्रतियोगिता र लाेक दाेहाेरि र नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुने समुहलाई आकर्षक पुरस्कारको ब्यबस्था पनि रहेकाे बताउनुभयाे। पुरस्कार मध्य झाँकी प्रतियोगितामा प्रथम हुने समुहलाई १० हजार,द्धितिय समुहलाई ७ हजार,
तृतिय समुहलाई ५ हजार,लोक दोहोरी प्रतियोगिता र नृत्य प्रतियोगितामा तर्फ प्रथम समुहलाई  नगद ५ हजार सहित प्रमाणपत्र,द्धितिय समुहलाई ३ हजार सहित प्रमाणपत्र,तृतिय समुहलाई  २ हजार सहित प्रमाणपत्र
पर्यटन व्यवसाय र प्रतियोगितामा सहभागि हुने समुहले आफ्नो टिम २०७९ साल चैत ३० गते दर्ता सम्म गरिसक्नुपर्ने बताउनुभयाे ।

याे पढ्न छुटाउनु भयाे की ?

हिमालयन लाइफ इन्स्योरेन्सका डाइरेक्टर के सि द्वारा पाेषाक वितरण

Kedar Dahal

जिरीलाई माया गर्ने नेतामा दाहालको दावी – अध्यक्षमा शेर्पा निर्वाचित ।

Kedar Dahal

लगातार पाँचौ पटक उपाधि उचाल्दै सहिद स्मृति आवासीय मावि जिरी

Kedar Dahal