फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

सामुदायिक वन दिवसको उपलक्ष्यमा कविता वाचन

चरिकोट/ दोलखा सदरमुकाम चरिकोटमा “वन वातावरण तथा जलवायु परिवर्तन विषयक” कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ।‌
“उत्पादन,रोजगार र सम्बृद्दिका लागी बन ब्यबस्थापन” भन्ने नाराका साथ

सामुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रम डिभिजन वन कार्यालय दोलखाको सहकार्यमा सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दोलखाले आयोजना गरेको हो ।

कविता प्रतियोगितामा राईजिङ स्टार स्कुलकी छात्रा विपाशा खड्का प्रथम,पशुपति कन्या माविका छात्रा गंगा गाैतमले द्वितिय,कुटीडाँडा माविका छात्रा रिमना कार्की तृतीय र कालिञ्चोक माविकि छात्रा सिवानी श्रेष्ठले सान्त्वना स्थान हासिल गरेका थिए।

विजयी प्रतियोगीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर मानन्धरले क्रमशःतीन हजार, दुई हजार पाँच सय,एक हजार पाँच सय र एक हजार रुपैयाँ नगद सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ दोलखाका अध्यक्ष जगन्नाथ बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा,प्रमुख अतिथि नगर प्रमुख मानन्धर,डिभिजन बन कार्यलय दोलखाका प्रमुख थिर बहादुर कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको बन महासंघ दोलखाकि सचीव सविना आचार्यले जानकारी दिनुभयो।सामुदायिक बन दिवसको अवसरमा सप्ताह व्यापी कार्यक्रम चलिरहेको छ जस अनुसार श्रावण २५ गते भिमेश्वर नगरपालिका को च्यासे भगवते सामुदायिक बनमा बृक्षारोपण गरिएको समेत गरिएको सचीव आचार्यले जानकारी दिनुभयो।

याे पढ्न छुटाउनु भयाे की ?

प्राविधिक विषय पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान, हाैसला तथा प्राेत्साहन स्वरुप दिएको अध्यक्ष कार्कीको भनाइ

Friendship Khabar

जिरीको विकास,समृद्धि र रूपान्तरणबारे पत्रकारसँग अन्तरक्रिया

Nabin Kumar Khatiwada

मन्त्री परिषदबाट स्वीकृत “शिक्षा ऐन २०८०” का विरुद्धमा शिक्षकहरु धर्नामा

Friendship Khabar