फ्रेण्डसिप खबर
गृह पृष्ठ

शिक्षा विकास तथा समन्वय इकाईमा शिक्षकहरुकाे धर्ना

केदार दहाल
दाेलखा/आज दाेलखा लगायत देशभरिका सबै शिक्षा विकास तथा समन्वय इकाईमा नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरुले धर्ना बसि नेपाल सरकार बीच भएका ३० बुँदे र ५१ बुंदे सहमती पत्र इकाई प्रमुखलाई बुझाएका छन् ।

मन्त्री परिषद बाट स्वीकृत भएर बाहरि आएको विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा रहेका केही दफाहरु संविधान प्रदत्त ट्रेड युनियन अधिकार, शिक्षक कर्मचारीको पेसागत सुरक्षा र स्वभिमानको खिलाफमा रहेकको भन्दै महासंघले पहिलाे चरणकाे आन्दोलन गरिरहेको छ ।

साउन २८ गते बाट शुरु भएको पहिलाे चरणको आन्दोलन स्थानीय तह, जिल्ला, प्रदेश हुँदै केन्द्र सम्म हुने बताइएको छ । मस्यौदामा नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय वीच भएका ३० बुँदे र ५१ बुँदे सहमतीका सबै बुँदाहरु उचित ढङ्गबाट नसमेटिएको र स्थायी अस्थायी करार, राहत, साविक उमावि, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका धेरै मागमुद्दाको सम्बोधन नगरेको शिक्षकहरुको ठहर छ ।

त्यसै गरी २०७५ साल र त्यसपछि स्थायी भएका शिक्षकलाई पुराने प्रणालीबाट पेन्सन दिनु पर्ने माग समेत माग गरेको छ । यसमा समेटिएको छैन । समग्रमा यसले शिक्षक कर्मचारीका मुख्य मागमुद्दा सम्बोधन नगरेको मात्र होइन, शिक्षण पेसाप्रतिको आकर्षण र सम्मानमाथि समेत गम्भीर प्रहार गरेको छ महासंघले भनेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

भरतपुरले उचाल्याे जिरी च्याम्पियनसिप २०८० काे उपाधि

Kedar Dahal

दाेलखा जिल्ला स्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड आजदेखि सिङ्गटीमा शुरु

Kedar Dahal

परिषदले आन्दोलनका कार्यक्रम घोषणा गर्दै स्थानीय तहमा ध्यानाकर्षण

Nabin Kumar Khatiwada