फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार

तीजले चेली-माइतीबीचको सम्बन्ध प्रगाढ बनाउँछ : प्रदेश प्रमुख शर्मा

मकवानपुर/ बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाली हिन्दु महिलाहरुको महत्वपूर्ण पर्व तीजले चेली र माइतीबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
हरितालिका (तीज) २०८० का सन्दर्भमा आज सोमबार शुभकामना सन्देश जारी गर्नुहुँदै प्रमुख शर्माले हिन्दु महिलाहरुले खुशी र उमङ्गका साथ मनाउँने तीज पर्वले चेली र माइतीबीच सम्बन्ध प्रगाढ बनाउने उल्लेख गर्नुभएको हो । ‘भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने सांस्कृतिक एवम् धार्मिक महत्वको यस पर्वले चेली र माइतीबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास गरिन्छ ।’ प्रमुख शर्माले आफ्नो सन्देशमा भन्नुभएको छ, ‘विविध भाषा, धर्म संस्कृति र चाडपर्वले धनी हाम्रो देश नेपालमा तीजलाई हिन्दु महिलाहरुले आफ्नो महत्वपूर्ण पर्व मान्दछन् । ’

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै शर्माले तीजको सांस्कृतिक पक्षको मौलिक संरक्षण गर्नुपर्ने बताउनुभयो । ‘आफ्नै मौलिक विशेषता बोकेको तीजको सन्देश र महत्वलाई जीवन्त राखेर हाम्रो सांस्कृतिक पक्षको मौलिक संरक्षण गर्नु हाम्रो दायित्व पनि हो ।’ शर्माले भन्नुभयो । उहाँले हाम्रा पर्वहरुले बोकेका सुरम्य तथा मोहक मौलिक परम्पराहरु विकृतिको पर्दाले नढाकिउन् भन्ने कुरामा सचेत रहन अत्यन्त जरुरी रहेको औल्याउँनुभयो ।

यो पर्व मनाइरहँदा यसले हाम्रो समाजमा विद्यमान सामाजिक तन्तुहरुको संरक्षण, सम्बर्द्धन गर्दै सहिष्णुतायुक्त समाज निर्माणमा पनि योगदान पुर्‍याउँन आवश्यक रहेको शर्माले उल्लेख गर्नुभयो ।

याे पढ्न छुटाउनु भयाे की ?

उर्गेनलिङ गुम्बा उद्द्घाटन हुँदै, उद्द्घाटन औतारी लामाबाट हुने

Kedar Dahal

१०औं राष्ट्रपति रनिङ शिल्डकाे उपाधि जिरी नगरपालिकाकाे हातमा

Kedar Dahal

बन्यजन्तु बाट सुरक्षा दिन उपयोगी बन्दैछन सुधारिएको खोर

Nabin Kumar Khatiwada