जफे/दोलखाको तामाकोसी गाउँपालिका र सामुदायिक बन समुह बिच समन्वय बैठक गरिएको छ।
तामाकोसी गाउँपालिका,डिभिजन बन कार्यालय दोलखा र सामुदायिक बन उपभोक्ता महासंघ दोलखा को संयुक्त आयोजनामा समन्वय बैठक कार्यक्रम गरिएको हो।
तामाकोसी गाउँपालिका भित्र रहेका सामुदायिक बन समुहका अध्यक्ष तथा प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा वर्तमान कानूनी ब्यबस्था र समसामयिक सवालहरु बारे छलफल तथा सामुदायिक बनको संरक्षण,संबर्धन र सदुपयोगमा भएका समस्या र समाधानका उपायहरु बारे छलफल गरिएको छ।
कार्यक्रममा डिभिजन बन कार्यालय दोलखाका प्रमुख कृष्ण राज न्यौपानेले बन ऐन २०७६ र नियमावली २०७९,प्रदेश बन ऐन तथा वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ को बारेमा प्रस्तुति गर्दै सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष तथा प्रतिनिधि लाई जानकारी गराउनु भएको थियो।कार्यक्रममा सामुदायिक बन उपभोक्ता समुहका प्रतिनिधि हरुले स्थानीय सरकारको नियमनकारी भूमिकाको माग गर्दै सामुदायिक बनको म्याद सकिएका कार्ययोजना निर्माण,बिधान पुर्नलेखन,बनको सिमाना अतिक्रमणमा नियन्त्रण जस्ता कार्यहरूमा सहयोग गर्नुपर्ने माग माग गरेका छन।
कार्यक्रममा मन्तव्य राख्दै तामाकोसी गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसीले सामुदायिक बनहरुले आफ्नो नियमित बार्षिक साधारण सभा समयमा नै गर्न,लेखापरीक्षण सम्पन्न गरि पारदर्शी ढंगले समुह सञ्चालन गर्न निर्देशन दिनुभएको छ,साथै गाउँपालिका उपाध्यक्ष सिर्जना खड्का सुबेदीले सामुदायिक बनलाइ जवाफदेही,पारदर्शी र सहमति र सहकार्यमा संचालन हुन आग्रह गर्दै स्थानीय सरकारको तर्फबाट सामुदायिक बनको नियमन,वृत्ति र बिकास मा नियम बनाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सामुदायिक बन उपभोक्ता महासंघ तामाकोसी गाउँ महासंघ का अध्यक्ष खड्ग बिक्रम खड्काको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला महासंघ दोलखाका अध्यक्ष जगन्नाथ बस्नेत,सचीव सविना भण्डारी आचार्यले सामुदायिक बनको बिकासमा महासंघको तर्फबाट गर्न सकिने बिषय र बन ले गर्न पर्ने भुमिका बारेमा जानकारी दिनुभएको थियो।कार्यक्रममा तामाकोसी सब डिभिजन बन कार्यालयका प्रमुख कमल थापा,सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष एवं प्रतिनिधिले समसामयिक अवस्था बारे धारणा राख्नुभएको थियो ।





