फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार स्थानीय समाचार

शैलुङमा प्रअ भत्ता सरकार लाई नै फिर्ता

शैलुङ/दोलखाको शैलुङ गाउँपालिकाका सबै विद्यालयका प्रधानाध्यापकहरुले भत्ता सरकारलाई फिर्ता गरेका छन्

गाउँपालिकामा रहेका विद्यालयका प्रधानाध्यापकहरुले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक बापत निकासा भएको २८ हजार ८ सय रुपैयाँ नेपाल सरकारलाई नै फिर्ता गरेको हुन।

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको भत्ता संसोधनका विषयमा पटक पटक ध्यानार्षण गराएपनि सम्बोधन नभएपछि दबाब स्वरुप प्रधानाध्यापकको भत्ता फिर्ता गरिएको दुर्गा मावी शैलुङ ४ मागापौवाका प्रधानाध्यापक बालकृष्ण दहालले जानकारी दिनुभयो ।

शिक्षकहरुका लागि धेरै लामो समय अघि तोकिएको सेवा सुविधामा सुधार नभएकोले नहुदा सम्म यो अभियान निरन्तर रहने शैलुङका प्रधानाध्यापकहरुको योजना रहेको बताइएको छ।
नेपाल सरकारले माध्यमिक तहका प्रधानाध्यापकको लागि मासिक ५ सय आधारभूत तह र प्राथमिक तहको ३ सय रुपैयाँ ब्यबस्था गरेको छ।शैलुङ गाउँपालिकामा रहेका ३२ वटै सवै तहका बिद्यालयका प्रअ हरुले एकमुष्ट  रकम फिर्ता गरि गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठलाई उक्त भौचर बुझाएका हुन।

याे पढ्न छुटाउनु भयाे की ?

रोमानिया जानेको लागि ताहाचलमा रोमानियन मिशन स्थापना

Friendship Khabar

भिर बाट लडेर वृद्धको मृत्यु

Friendship Khabar

जाडोकाे बेला विद्यार्थीले पाए न्यानो कपडा तथा शैक्षिक सामाग्री

Kedar Dahal