फ्रेण्डसिप खबर
गृह पृष्ठ

राष्ट्र, स्वास्थ्य र विकासकाे लागि खेलकुद भन्ने मुल नाराका साथ जिरी च्याम्पियनसिप २०८० भाेलिबाट शुरु

केदार दहाल
जिरी नगरपालिकासँगको सहकार्यमा युवा संजाल जिरी द्वारा आयोजना गरिएको जिरी च्याम्पियनसिपमा २०८० “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, विकासका लागि खेलकुद, नेपालकाे राष्ट्रिय खेल भलिबल” भन्ने मुल नाराका साथ जिरी च्याम्पियनसिप २०८० आयोजना गर्ने भएको छ । दोलखाको पर्यटकिय नगरी जिरी स्थित लिङ्कन बजारमा कार्तिक १५ देखि सुरु खेलकुद महोत्सवकै रुपमा च्याम्पियनसिपको आयोजना गर्न लागिएको हो ।

जिरी नगरपालिकासँगको सहकार्यमा आयोजना गरिएको च्याम्पियनसिपमा सर्वाधिक पुरस्कार राशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता, जिरी भ्याली माउण्टेन सर्किट अल्ट्रा म्याराथन, स्लो बाइक रेस लगायतका विभिन्न खेलहरु सञ्चालन हुनेछन् । भलिबल खेल तर्फ प्रथम पुरस्कार राशि नगद १ लाख ५१ हजार रुपैयाँ रहेको छ भने द्वितिय १ लाख १ हजार, तृतिय ५१ हजार र सान्त्वना पुरस्कार राशि २५ हजार रुपैयाँ रहेको छ । त्यस्तै अल्ट्रा म्याराथन तर्फ प्रथम, द्वितिय र तृतिय पुरस्कार राशि क्रमशः १० हजार, ७ हजार र ५ हजार रहेको छ भने स्लो बाईक रेस तर्फ प्रथम पुरस्कार ७ हजार, द्वितिय पुरस्कार ५ हजार र तृतिय पुरस्कार ३ हजार नगद रहेको छ ।

खेलकुदको माध्यमबाट जिरीको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना हुन लागेको जिरी च्याम्पियनसिपको तयारी अन्तिम चरणमा रहेको सञ्जालका अध्यक्ष जगदिश खड्काले जानकारी दिए । कुल खर्च १६ लाख ५३ हजार हुने प्रारम्भिक अनुमान गरिएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सभाका सदस्य कुन्दनराज काफ्ले र समापन प्रतिनिधि सभा सदस्य गङ्गा कार्की विश्वबाट हुने आयोजकले जनाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

सहकारी केन्द्र दोलखाको अध्यक्षमा तेन्जिङ शेर्पा

Nabin Kumar Khatiwada

कालिढुङ्गा कृषि सहकारीको १४औं वार्षिक साधारणसभा सम्पन्न

Kedar Dahal

नेकपा एस दोलखा काठमाडौ सम्पर्कको अध्यक्षमा बिकल श्रेष्ठ,(अधिवेशन फोटो फिचर)

Friendship Khabar