फ्रेण्डसिप खबर
गृह पृष्ठ

दाेलखा जिल्ला स्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड आजदेखि सिङ्गटीमा शुरु

केदार दहाल

दोलखा/आजदेखि दोलखाको सिङ्गटी बजार स्थित खोलिखिम खेल मैदानमा जिल्ला स्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष रामहरि शिवाकोटीकाे अध्यक्षता एवम् प्रतिनिधिसभा सदस्य गंगा कार्कीकाे प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि कार्कीले गरेका थिए। उद्घाटन समारोहमा प्रतिनिधि सभा सदस्य गंगा कार्की, जिल्ला समन्वय समितीका सभापति बर्जुराम घतानी, भिमेश्वर नगरपालिका प्रमुख इश्वर मानन्धर, विगु गाउँपालिका अध्यक्ष सन्जिव ओलि ,मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, नेपाली कांग्रेसका प्रतिनिधि तथा विगु गाउँपालिका पुर्व अध्यक्ष युधिष्ठिर खड्का, नेकपा माओवादी केन्द्रका प्रतिनिधि बुक्तम तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

९ वटै स्थानीय तहबाट सहभागीता रहेको यस प्रतियोगिता १३ गते सम्म चल्नेछ ।

कार्यक्रममा सबै स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रममा नृत्य पनि प्रस्तुत गरिएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

प्राधिकरण दाेलखाले गर्याे रक्तदान

Friendship Khabar

निरन्तर सहयाेग गर्दै दोलखाली समाज दक्षिण कोरिया

Kedar Dahal

४० हजार राहत शिक्षकहरुकाे केन्द्रीय समिति भयाे दुई टुक्रा

Kedar Dahal