फ्रेण्डसिप खबर
खेलकुद गृह पृष्ठ बागमती प्रदेश

तामाकोसीकाे छैटौं राष्ट्रपति रनिङ शिल्डकाे उपाधि सितापाइला माविलाई

केदार दहाल
तामाकाेसी /दोलखाको तामाकोसी गाउँपालिका स्तरिय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सितापाइला मावि जफेले जितेको छ ।

अमर मावि र जनप्रभात माविको व्यवस्थापनमा तामाकोसी गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा ६ स्वर्ण र २ रजत गरी ८ पदकका साथ सितापाइला माविले उपाधी हात पारेकाे हो । त्यसैगरि प्रतियोगितामा गाेल्मेश्वर माविले ५ स्वर्ण, ३ रजत र ४ कास्य गरी १२ पदकका साथ आफूलाई दोस्रो स्थानमा र खिम्ती प्राेजेक्ट माविले ५ स्वर्ण, २ रजत र १ कास्य गरी ८ पदक सहित तेस्रो स्थानमा रहन सफल भएकाे छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ३० हजार, २५ हजार र २० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइएको छ। विजेता तथा खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष प्राेण प्रताप के सि, उपाध्यक्ष सृजना खड्का सुवेदि र वडा नं. २ का वडा अध्यक्ष श्री इश्वर राज कार्की लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

गाउँपालिका शिक्षा शाखाका कर्मचारी श्री हिमाल कार्की का अनुसार यही मंसिर २८ गतेबाट सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बागमती प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री कुन्दन राज काफ्लेले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा तामाकाेसि गाउँपालिका भित्रका १० वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

परिषदले आन्दोलनका कार्यक्रम घोषणा गर्दै स्थानीय तहमा ध्यानाकर्षण

Nabin Kumar Khatiwada

वडाध्यक्षको पारिश्रमिकबाट विपन्नलाई स्वास्थ्य बीमा

Nabin Kumar Khatiwada

सामुदायिक वन दिवस,चरिकोटमा अन्तरक्रिया

Friendship Khabar