फ्रेण्डसिप खबर
बागमती प्रदेश शिक्षा स्थानीय समाचार

जाडोकाे बेला विद्यार्थीले पाए न्यानो कपडा तथा शैक्षिक सामाग्री

पुष्कर अधिकारी
दाेलखा/ दाेलखाकाे वैतेश्वर गाउँपालिका वडा नं ३ पाइलेमा रहेकाे श्री कालिदेबी आधारभुत विद्यालयका ५२ जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण गरिएको छ । वडाकाे महिला तथा बालबालिका शिर्षक अन्तर्गत छुट्टयाइएको बजेट बाट सुईटर, झाेला, कापी, पेन्सिल, इरेजर र कटर वितरण गरिएको वडा सचिब अमृत तामाङले जानकारी दिनुभयो ।

सामान वितरण कार्यक्रममा वडा अध्यक्ष कमल अधिकारी, वडा सदस्य सम्मर बहादुर तामाङ, वडा सदस्य कमला सार्की, वडा सचिब अमृत तमाङ, बुद्धिजिबी बम बहादुर तमाङ लगायतको उपस्थितिमा बितरण गरिएको थियाे । अघिल्लो बर्ष जेष्ठ नागरिकहरुलाई जाडाेकाे लागि न्यानाे ब्ल्याङकेट वितरण गरिएको थियाे ।

याे पढ्न छुटाउनु भयाे की ?

अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न मन्त्री चौधरीको सक्रियता

Nabin Kumar Khatiwada

बर्मा लामा दोलखा २ मा ठुलोे अन्तरले जित निकाल्ने दावी

Friendship Khabar

एकीकृत समाजवादी हेटौंडा चुनाव केन्द्रित अभियानमा

Friendship Khabar