फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ देश बागमती प्रदेश

तामाकोसीको उत्पादन सुचारु, थपियो १२० मेगावाट बिद्युत

दिलबहादुर केसी
दोलखा ९ पुस

दाेलखा/ क्षतिग्रस्त संरचनाको मर्मत गरेपछि मंगलबार साँझबाट माथिल्लो तामाकोसी जलविद्युत केन्द्रले उत्पादन सुचारु गरेको छ । देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोसी जलविद्युत केन्द्र(४५६ मेगावाट) ३ महिनापछि पुनःसञ्चालनमा आएको हो ।


अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले साँझ ७ः४० बजेबाट विद्युत उत्पादन सुचारु भएको जानकारी दिए । मंगलबार अपरान्हदेखि पोखरीमा पानी भरेर सुरुङमा समेत पानी भर्न सुरु गरेर साँझ ७ बजेदेखि विद्युत उत्पादन प्रयास गरिएको थियो ।
अहिले १२० मेगावाट उत्पादन भएको छ । स्वदेशी उत्पादनबाट विद्युत प्रणालीमा थपिएपछि माग तत्कालका लागि केही समाधान भएको छ । बायाँ पोखरी ममर्तपछि नदी प्रवाही (आरओआर) प्रणालीबाट खोलामा पानी उपलब्ध भएसम्म बिजुली उत्पादन सुरु गरिएको छ । २ वटै पोखरी सञ्चालनमा आउँदा बाँधमा पानी जम्मा गरेर आवश्यक समय साँझ र विहान ४५६ मेगावाट नै उत्पादन गर्न सकिन्थ्यो । १५।२० दिनपछि सकेसम्म एउटा मात्रै पोखरी चलाउँदा पनि बाँधमा पानी जम्मा गरेर साँझ र विहान ४ सय मेगावाटसम्म विद्युत उत्पादन गर्न मिल्ने गरी सञ्चालन तयारी भएको छ ।
अविरल वर्षापछि तामाकोसी नदीमा आएको बाढीका कारण गत असोज ११ गते साँझदेखि माथिल्लो तामाकोसीको बाधको सबै ढोका खोलेर उत्पादन बन्द गरेको थियो । विद्युत गृह बन्द गर्दा विद्युतगृह र सुरुङ सुरक्षित रहे तापनि असोज १२ गते माथिबाट ठूलो पहिरो र लेदो आउँदा लामाबगरमा रहेको बालुवा थिग्राउने पोखरी(डिस्याण्डर) र भुमिगत नहरमा ठूलो क्षति भएको थियो ।


२ वटा डिस्याण्डर मध्ये कम क्षति भएको बाँयातर्फको डिस्याण्डर र भुमिगत कल्भर्ट पुर्न निर्माण गरेर विद्युत गृह सञ्चालनमा ल्याइएको अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत गौतमले जानकारी दिए । उनका अनुसार एउटा पोखरी र कल्भर्ट मर्मत भएपछि बाँधका सबै गेट बन्द गरेर सोमबार साँझदेखि पानी भर्न सुरु गरिएको थियो ।


कम्पनीले पछिल्लो पटक पुस १० गते विद्युत उत्पादन गर्ने लक्ष्य बनाएको थियो । ‘विद्युत उत्पादनका लागि निर्धारित समय अघि नै मर्मत सकिएपछि विद्युत उत्पादन एक दिन अघि नै सुरु ग¥यौंं’ निर्माणस्थल लामाबगरबाट प्रमुख कार्यकारी अधिकृत गौतमले भने ‘एक दिन अघि विद्युत गृह सञ्चालन गर्दा पनि देशभर ठूलो राहत हुने भएकाले पनि उत्पादनमा ढिला गरेनौं ।’
विद्युतको माग धान्नका लागि माथिल्लो तामाकोसीको मर्मत चाँडो पूरा गर्न र पुर्न सञ्चालनमा ल्याउनका लागि अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतम सहितको सिंगो टिम लामाबगरमै खटिदै आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि बेला बेलामा लामाबगर पुगेर पुर्ननिमाणको निरीक्षण र आवश्यक प्रबन्ध गर्दै आएका छन् ।
आपत्कालिन अवस्थामा रोल्वालिङ खोला जलविद्युत आयोजनाकै निर्माण कम्पनी हाइ हिमाल कन्ट्रक्सनमार्फत सफा गर्ने र मर्मतको काम गरेको हो । बढी क्षति भएको र सुरक्षा कक्ष भवनका लागि भने सार्वजनिक खरिद ऐन अन्र्तगत नयाँ ठेक्का लगाउने तयारी छ । नयाँ ठेक्का लगाउँदा पनि वर्षात् अघि काम पूरा गर्ने गरी तयारी भएको उनले बताए ।


पहिरोले हेडवक्स क्षेत्रको सुरक्षा नियन्त्रण गृह समेत पूर्ण रुपमा क्षति हुँदा सुरक्षार्थ खटिएका नेपाली सेनाका २ जना र माथिल्लो तामाकोसीकै २ जना कर्मचारी सहित ४ जनाको ज्यान समेत गएको थियो । माथिल्लो तामाकोसीको २ वटा पोखरी मध्ये दायाँ तर्फको ४० प्रतिशत क्षति भएको छ भने बायाँ तर्फको २० प्रतिशत क्षति भएको थियो । हेडवक्स क्षेत्रमा बाढी र पहिरोले क्षति भएको एक अर्ब ८० करोड रुपैयाँको बीमा दाबी गरेको छ । माथिल्लो तामाकोसीको बीमा राष्ट्रिय बीमा कम्पनीमा गरिएको छ ।
जलविद्युत केन्द्रको अनुमानभन्दा बढी क्षति भएको र काब्रे भीरमा सडक समेत क्षति भएपछि माथिल्लो तामाकोसी पुर्नसञ्चालनमा ढिलाइ भएको माथिल्लो तामाकोसी जलविद्युत केन्द्र प्रमुख पूर्णगोपाल रञ्जितले जानकारी दिए । दसैंतिहार जस्ता ठूला चाडपर्वमा पनि घर नगई दिनरात गरेर मर्मत गर्दा ३ महिनामा विद्युत उत्पादन संभव भएको उनको भनाई छ ।
विद्युत उत्पादन बन्द भएको समयमा विद्युत गृह भित्रका मर्मत गरेको छ भने पहिरोले क्षतिग्रस्त सिंगटीको ४६ नं. टावरको समेत मर्मत पूरा गरेको छ । बाढी पहिरोले क्षतिग्रस्त संरचनाको प्राविधिक अध्ययन र सुपरवेक्षणका लागि एनइए इञ्जिनियरिङ कम्पनीलाई जिम्मा दिएको छ । उसैको सिफारिसका आधारमा कम्पनीले पुर्ननिर्माणको काम गर्ने छ ।
देशकै सबैभन्दा ठूला जलविद्युत केन्द्र बन्द हुँदा सुख्खा सिजनमा विद्युतको माग धान्न भारतबाट विद्युत आपूर्ती बढाउनु परेको छ भने औद्योगित क्षेत्रमा अघोषित लोडसेडिङ गर्नु पर्ने बाध्यता छ ।

याे पढ्न छुटाउनु भयाे की ?

बागमतीमा प्रदेश निजामती र स्थानीय सेवा अध्यादेश जारी

Friendship Khabar

एमाले ओलि गुटमात्र भयो:- महासचिव भुसाल

Friendship Khabar

वैतेश्वर बाम गठबन्धन द्वारा संयुक्त घोषणा पत्र सार्वजनिक

Friendship Khabar