नवीनकुमार खतिवडा
चरिकोट/ होटल तथा पर्यटन ब्यबसायी सँघ दोलखाले होटल ब्यबसायी संग छलफल गरेको छ।

संघका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षता भएको छलफल कार्यक्रममा दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष रुद्रजंग बुढाथोकी,दोलखा उधोग बाणिज्य संघका माहासचिब सुरेश उप्रेती,जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक दाताराम अधिकारी,भिमेस्वर नगरपालिकाका आर्थिक बिकास शाखा प्रमुख नारायण सेंढाइ लगायतको सहभागीता रहेको थियो।

संघ र व्यवसायीको छलफलले विभिन्न ७ बुदे साझा निष्कर्ष निकाल्दै कार्यान्वयन गर्ने निर्णय गरेको छ।
संघका अध्यक्ष कुमार श्रेष्ठले दिएको जानकारी अनुसार निष्कर्ष हरु निम्न बमोजिम रहेका छन।
१.दोलखामा आयोजना हुन लागेको ठुला ३ कार्यक्रमहरु तेस्रो दोलखा महोत्सव,१० दिन सम्म संन्चालन हुने र होटल तथा पर्यटन ब्यबसायी संघ नेपाल बागमती प्रदेसको तेस्रो अधिबेशनको कार्यक्रमहरुलाइ भब्य र सभ्य बनाउन होटल ब्यवसायको सेवा सुबिधामा सुधार गरि लजिङ सेवामा २५% छुट गर्ने ।
२.होटलको बर्ग अनुसार मुल्यमा एकरुपता कायम गर्ने ।
३.पर्यटन मैत्री बाताबरण तय गर्न होटलको सेवा सुबिधा अनुसार A ,B,C र D ग्रेड निर्धारण गर्ने ।
४.आजको कार्यक्रमबाट संकलित मुल्य सुचि कार्यसमितिबाट अनुमोदन गरि मेनु तयार गर्ने र हरेक होटलले मेनु र संघले उपलब्ध गराएको गेस्ट रेकर्ड बुक राख्नुपर्ने ।
५.शान्तिसुरक्षालाई मध्यनजर गर्दै प्रहरी संग सम्पर्कको लागि समन्वय गर्न रणनैतिक उपाय अपनाउने ।
६.भिमेस्वर नगरपालिका संग साझेदारी गरि अनलाइन बुकिंङ गर्न मिल्ने सफ्टवेयर निर्माण गर्ने ।
७.होटल तथा पर्यटन ब्यबसायी संघ नेपाल बागमती प्रदेसको तेस्रो अधिबेशन जिरीमा आयोजना गर्ने ।


