फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ देश बागमती प्रदेश शिक्षा स्थानीय समाचार

हनुमन्तेश्वर क्याम्पसको अध्यक्षमा पन्त निर्वाचित

नवीनकुमार खतिवडा

मैनापोखरी/दोलखाको हनुमन्तेश्वर क्याम्पसको अध्यक्षमा तारा प्रसाद पन्त सर्वसम्मत निर्वाचित हुनुभएको छ।

शनिबार सम्पन्न २३ औ क्याम्पस सभाले पन्तलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो।

वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा,उपाध्यक्ष कल्पना उप्रेती सहित क्याम्पस सभा सदस्यहरुले भेलाले हनुमन्तेश्वर क्याम्पसका पूर्व क्याम्पस प्रमुख समेत रहेका पन्तलाई अध्यक्षमा निर्वाचित गरेको निमित्त क्याम्पस प्रमुख ज्योती केसीले जानकारी दिनुभयो।

शिक्षणको सिलसिलामा २०४५ सालमा हनुमन्तेश्वर मावि नियुक्ती लिई दोलखामा अध्यापन शुरु गर्नुभएका पन्त बीचमा जिल्लाका अन्य स्कुलमा कार्यरत रहँदै २०५० साल देखि २०७८ साल सम्म निरन्तर हनुमन्तेश्वर मा वि को मा वि शिक्षक भइ अवकाश हुनुभएको थियो।हनुमन्तेश्वर माविमा शिक्षक भैरहदा २०५८ सालमा हनुमन्तेश्वर क्याम्पस स्थापना गरिएको थियो र पन्त  २०५८ देखि २०७८ साल सम्म २० बर्ष क्याम्पस प्रमुखको जिम्मेवारीमा रहनुभएको थियो।क्याम्पस को स्थापना देखि अध्यक्ष माननीय सांसद स्वर्गीय पशुपति चौलागाईं  र क्याम्पस प्रमुख पन्त २० वर्ष जिम्मेवारी सम्हाल्नुभएको हो। चौलागाईं सञ्चालक समितिको अध्यक्ष र पन्त क्याम्पस प्रमुख रहदा कुशल नेतृत्व र व्यवस्थापनमा जिल्लाकै उत्कृष्ट क्याम्पसको रुपमा विकास गर्नु भयो।

पछिल्लो समय विधार्थी सङ्ख्या घट्दो क्रममा रहेको र गुणस्तरीय शिक्षामा ह्रास आइरहेको संकट र चुनौतीपूर्ण अवस्थामा पन्त पून क्याम्पस सञ्चालक समिति को अध्यक्षको जिम्मेवारीमा नेतृत्व गरेकाले आगामी दिनमा क्याम्पसको शिक्षाको गुणस्तर,गरिमा र छविलाई उच्च राख्न सफल हुने अपेक्षा रहेको क्याम्पसका संस्थापक एवं पुर्व प्राध्यापक भिम प्रसाद दहालले बताउनुभयो।

याे पढ्न छुटाउनु भयाे की ?

जलदेवी माविको बिव्यस गठन,अध्यक्षमा शुन्दर

Friendship Khabar

मेलुङमा सहकारीहरु बीच अन्तरक्रिया,१४ बुँदे साझा प्रतिबद्धता

Friendship Khabar

बागमतीमा प्रदेश निजामती र स्थानीय सेवा अध्यादेश जारी

Friendship Khabar