फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ देश बागमती प्रदेश राजनीति समाचार

सुशासन र रोजगारीका सम्बन्धमा नेकपा एस दोलखाको अन्तरक्रिया

चरिकोट/सुशासन र रोजगारी,समाजवादको तयारी कार्यक्रम अन्तर्गत नेकपा एकीकृत समाजवादी दोलखाले अन्तरक्रिया कार्यक्रम गरेको छ।

नेकपा एकीकृत समाजवादी दोलखाका कार्यवाहक अध्यक्ष अशोक दहालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय पोलिट्व्युरो सदस्य शिव प्रसाद भण्डारी,केन्द्रिय अनुशासन आयोगका सदस्य दिनेशराज शिवाकोटी,नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य प्रेम सि,नेपाली काङ्ग्रेस दोलखाका प्रतिनिधि रामजी चौलागाईं,माओवादी केन्द्र दोलखाका अध्यक्ष ज्योति श्रेष्ठ,राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि नन्दलाल दहाल,सामुदायिक बन उपभोक्ता महासंघ दोलखाका अध्यक्ष जगन्नाथ बस्नेत,उद्योग वाणिज्य संघ दोलखाका महासचिव शुरेस उप्रेती,रेडक्रस दोलखाका उपमन्त्री ताम प्रसाद आपागाई लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा अन्तरक्रिया गरिएको हो।

कार्यक्रममा नेपालको समाजवादका सम्बन्धमा एकीकृत समाजवादी दोलखाका अध्यक्ष अशोक दहालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो,प्रस्तुत गरिएको कार्यपत्र माथी कार्यक्रमका सहभागीले आफ्नो आफ्नो धारणा राख्नुभएको थियो।


अराजकता,अस्थिरता र आर्थिक मन्दिका विरुद्ध हाम्रो अभियान ,समृद्ध दोलखा निर्माणको निमित्त सुदृढ र एकतावद्द संगठन भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरिएको नेकपा एकीकृत समाजवादी दोलखाका सचीव मोहन थापाले जानकारी दिनुभयो।

याे पढ्न छुटाउनु भयाे की ?

खिम्ती ग्रामीण बिद्युत सहकारी संस्थाको सपथ ग्रहण

Nabin Kumar Khatiwada

फ्रेण्डसिप खबरकर्मी खतिवडा लाई इन्द्रमणी पत्रकारिता पुरस्कार

Friendship Khabar

सामुदायिक वन दिवस,चरिकोटमा अन्तरक्रिया

Friendship Khabar