फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार कभर स्टाेरी कृषि गृह पृष्ठ

चोयाका सामग्री बनाउने तालिम

ईश्वर बिश्वकर्मा

जिलु/दोलखाको भीमेश्वर नगरपालिका-४ जिलुमा बाँस तथा निगालोका हस्त निर्मित समाग्री निर्माण तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा जेठ १० देखि सुरु भएको ८० घन्टाको उक्त तालिम मंगलबार सम्पन्न भएको हो । 

तालिम समापन समारोहमा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमलाले बस्नेतले  नागरिकको आर्थिक सशक्तिकरणलाई पहिलो प्राथमिकता दिइएको बताइन् । नगरवासीलाई आयआर्जनको बाटोमा हिंड्न सिकाउदै समृद्ध भीमेश्वर बनाउन आफूहरु सक्रिय रहेको उनले उल्लेख गरिन।


वडाध्यक्ष तारानाथ चौलागाईँले पराम्परागत पेशाको संरक्षण र आयआर्जनमा वृद्धिका लागि तालिम आयोजना गरिएको बताए । वडामा काठ, माटो, फलामको विभिन्न सामग्री बनाउने तालिम प्रदान गरी उद्यमी व्यवसायी समेत तयार भइसकेको उल्लेख गर्दै यसपटक चोयाका सामाग्री  निर्माण तालिम गरिएको बताए । वडाध्यक्ष चौलागाईँले जिलुलाई नमूना वडाको रुपमा विकास गर्न यियस्ता कार्यक्रमसँगै भौतिक विकासलाई समेत प्रभावकारी बनाइएको उल्लेख गरे । तालिममा १० जनाको सहभागिता रहेको थियो। उनीहरुलाई रामलाल राईले सहजीकरण गरेका थिए। सहभागीहरुले डोको, डालो, नाङ्लो, फुलदानी, ह्याट, कोक्रो, घुम, डक्की लगायतका विभिन्न सामग्री बनाउन सिकेका थिए ।
तालिम समापन समारोहमा विषेश अतिथि आर्थिक बिकास शाखा प्रमुख नारायण सेढाई, वडा सदस्य कृष्णकुमार श्रेष्ठ, कृषि प्राबिधिक बिष्णु चाैलागाई, वडा सचिव सञ्जय पासवान उपस्थित थिए ।‌

याे पढ्न छुटाउनु भयाे की ?

अतिराष्ट्रवाद एक डिस्कोर्स

Friendship Khabar

समाज,राजनीतिक पार्टी र यिनिहरुको चरित्र

Friendship Khabar

तामाकाेशी गाउँपालिकाकाे स्थायी केन्द्र ताेक्न मतदान, मानेडाँडाका लागि खस्याे दुई तिहाई

Kedar Dahal