फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ देश स्वास्थ्य

विश्वमा पानीको सीमितता र यसले याैन तथा प्रजनन स्वास्थ्यमा पार्ने प्रभाव बारे कार्यशाला सम्पन्न

केदार दहाल

मैनापाेखरी, भदौ-८
विश्वव्यापी रूपमा बढ्दो पानीको अभाव र यसले यौन तथा प्रजनन स्वास्थ्यमा पार्ने प्रभाव बारे ग्रिन तारा नेपाल र वैतेश्वर गाउँपालिकाकाे सहयाेगमा विशेषगरी वडा नं ६ मा गरिएको एक अध्ययन सार्वजनिकरण कार्यशाला सम्पन्न भएको छ।

कार्यक्रममा स्वीजरल्डकि नागरिक Nicole Guillaume ले गरेकाे अध्ययन अनुसार पानीको अभावले महिलाहरूको स्वास्थ्यमा पर्ने असर, सरसफाइमा आउने चुनौती तथा गर्भावस्था र नवजात शिशु स्वास्थ्यमा पर्ने जोखिमबारे तथ्याङ्कसहित प्रस्तुत गरेका थिए। साथै सुरक्षित पानी र सरसफाइमा पहुँच सुनिश्चित नगरी दिगो विकास लक्ष्य हासिल गर्न कठिन हुने भन्दै सरोकारवालाबीच संयुक्त पहल आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेतीले आर्थिक वर्षदेखि स्वराेजगार कार्यक्रम अन्तर्गतको काममा टाेल टाेलका खानेपानीको मुहान सफा गर्न लगाउने प्रतिबद्धता गर्दै यस कार्यले केही हद सम्म खानेपानी सफा हुने कुरा गर्नु भएको छ। साथै सहभागीहरूले अध्ययनले देखाएका तथ्यहरूलाई नीतिगत तहमा लैजाने, आफ्नो लागि आफैंबाट सुरुवात गर्नु पर्छ, ग्रामीण भेगमा सचेतना अभिवृद्धि गर्ने र पानी तथा सरसफाइलाई प्राथमिकतामा राख्ने विषयमा जोड दिएका थिए।

कार्यशालामा ग्रिन तारा नेपालका प्रतिनिधि, पालिका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

सरकारी गाडिको दुरुपयोग बारे ध्यानाकर्षण

Friendship Khabar

युवा नेता लामाकाे सहयोगमा Biochemistry Analyzer, अब बिरामिले पाउने भए समयमै रिपोर्ट

Kedar Dahal

नारी दिवसलाई स्थानीय संस्कृति बनाऔं

Friendship Khabar