फ्रेण्डसिप खबर
देश बागमती प्रदेश राजनीति

नेपाली काङ्ग्रेस सम्बद्ध तरुण दल वैतेश्वरकाे संगठन विस्तार सम्पन्न

पुस्कर अधिकारी

भदाै-१४, वैतेश्वर
नेपाली कांग्रेस निकट नेपाल तरुण दल दोलखाको वैतेश्वर गाउँपालिकाका ८ वटै वडामा नयाँ नेतृत्व चयन गर्दै संगठन विस्तारकाे काम सम्पन्न गरेकाे छ।

नेपाल कांग्रेस वैतेश्वरका पार्टी सचिव यादव तामाङका अनुसार यहि भदौ ११ गतेदेखि शुरु गरेर आजसम्म सबै वडामा सम्पन्न गरेकाे हाे । तामाङका अनुसार वडा नं १ मा सरोज पाख्रीनको अध्यक्षतामा १३ सदस्यीय, वडा नं २ मा सुन्दर तामाङको अध्यक्षतामा १४ सदस्यीय, वडा नं ३ मा मानबहादुर तामाङको अध्यक्षतामा १४ सदस्यीय, वडा नं ४ मा नेत्रबहादुर नेपालीको अध्यक्षतामा २२ सदस्यीय, वडा नं५ मा नवराज दहालको अध्यक्षतामा १४ सदस्यीय, वडा नं६ मा संजित तामाङको अध्यक्षतामा १३ सदस्यीय, वडा नं ७ मा मनिस तामाङको अध्यक्षतामा १३ सदस्यीय र वडा नं ८ मा गोविन्द अधिकारीको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेकाे छ। नव निर्वाचित तरुण दलका कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई नेपाली कांग्रेस दोलखाका उपसभापति छबि लामाले खादा लगाएर बधाई तथा शुभकामना दिंदै पूर्णकालीन सदस्यता समेत वितरण गरेका थिए ।

केन्द्रकाे पाँचौँ महाधिवेशनको कार्यतालिका अनुसार दोलखा तरुण दलले वडा र पालिका अधिवेशन तथा सदस्यता वितरण कार्यलाई तिब्रता दिएको हाे। भदौ मसान्त भित्र केन्द्रबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय तथा जिल्ला प्रतिनिधि अनुमोदन गर्ने प्रक्रिया रहेकाे छ। कार्तिक २० गते भित्र प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रका अधिवेशन गरिसक्नु पर्नेछ ।

याे पढ्न छुटाउनु भयाे की ?

हनुमन्तेश्वरमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित

Friendship Khabar

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Rajkumar Dahal

कोरियाको उन्नत गाई जिरी आइपुग्यो

Friendship Khabar