फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति समाचार

संकटको बेला प्रचण्डको विकल्प खोज्ने बहस गर्नु भुल हो :- योगी

नेकपा (माओवादी केन्द्र) का केही नेताहरूले प्रचण्डको विकल्प खोज्नुपर्छ भन्ने बहस भएको बेला पार्टीका वैकल्पिक केन्द्रीय सदस्य अर्जुन योगीले “यतिबेला देश गम्भीर संकटमा छ । राजनीतिक पार्टीहरुको जीवन भित्रका समस्या हल गर्ने निश्चित समय र विधि हुन्छ । वर्तमानमा मुख्य कुरा भनेको हामीले देशमा आएको संकटलाई एकताबद्ध भएर समाधान गर्ने बेला हो” उनले बताए ।

“देशमा यस्तो गम्भीर संकट आएको समयमा प्रचण्डको विकल्प खोज्ने बहस गर्नु हामी माओवादीहरुको ठूलो भुल हो । हाम्रो बहस त जेन-जी युवाहरूको सकारात्मक मागहरूलाई कसरी पुर्ण रुपमा सम्बोधन गर्न सकिन्छ ? सकारात्मक माग लिएर भएको आन्दोलनमा असोचनीय हत्या, आतंक, आगजनी, लुटपाट किन भयो ? आन्दोलनमा घुसपैठ गरि यस्तो असोचनीय अपराध गर्नेहरूलाई कसरी कानूनी दायरामा ल्याएर कार्वाही गर्न सकिन्छ ? यो देशलाई महान अग्रगामी गति दिनका लागि हाम्रो प्रमुख जिम्मेवारी के हो ? आदि विषयहरूमा सघन रूपमा हुनुपर्छ” उनले बताए ।

“यतिबेला यो देशलाई सहि निकास दिने नेता हाम्रो पार्टीको तर्फबाट कमरेड प्रचण्ड नै हो । प्रचण्डको विकल्प प्रचण्ड नै हो । यो इतिहासले पुष्टि गरिसकेको छ । नेपालको माओवादी आन्दोलनको इतिहासबाट नै पुष्टि भयो कि, हाम्रा फुटहरु, गुटहरु कुनैले पनि सहि निकास दिएन । बरु अत्यधिक क्षति पुर्यायो । प्रचण्डले कोर्नुभएको बाटोले नै सही निकास दिदै गएको छ । आगामी दिनमा पनि प्रचण्ड कै विचारले देशलाई सही निकास दिनेछ” उनले बताए ।

“आजको सन्दर्भमा कुनै पनि एउटा पार्टी विशेषको मात्र कुरा नभएर माओवादी, कांग्रेस, एमालेलगायतका सम्पुर्ण राजनीतिक पार्टीहरु नै एकताबद्ध भएर नेपाल देश र नेपाली जनताको मुक्ति र प्रगतिको लागि नयाँ विचार सहित अगाडि बढ्नुपर्ने समय हो” उनले बताए ।

याे पढ्न छुटाउनु भयाे की ?

नेफ्स्कुन निर्वाचन आज,यस्तो छ पौडेल र ढकाल समुहको प्यानल

Friendship Khabar

उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा लगानी

Friendship Khabar

शिक्षक निवृत्तिभरण सम्बन्धी अध्यादेशप्रति आपत्ति, देशव्यापी आन्दोलनकाे चेतावनी

Kedar Dahal