फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ फाेटाे फिचर बागमती प्रदेश समाचार

सांसद रिजाल जेन-जी आन्दोलनका घाइतेहरु भेट्न अस्पतालमा

राष्ट्रिय सभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य घनश्याम रिजाल जेन-जी आन्दोलनमा घाइते भइ अस्पतालमा उपचाररत रहेका संग भेटघाटमा पुग्नुभएको छ।

सांसद रिजालले बिरामी तथा परिवारजनसँग स्वास्थ्य लाभको कामना गर्दै, बिरामीको स्वास्थ्य अवस्था बारे जानकारी लिँदै र परिवारसँग यो दुःखमा आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

जेन–जी आन्दोलनमा घाइते दोलखाको वैतेश्वर–१ का राजु तामाङ,शैलुङका अनिल तामाङ ट्रमा सेन्टरमा तथा वैतेश्वर–१ का बाबुलाल तामाङ केएमसी अस्पतालमा उपचाररत हुनुहुन्छ।तिनैजना खतरा मुक्त भएको अस्पतालले जानकारी दिएको छ।

सांसद घनश्याम रिजाल सहित नेकपा एकीकृत समाजवादीका हरिहर कार्की,विकल श्रेष्ठ,निशान कार्की,गोपाल दहाल लगायतका नेताहरू अस्पताल पुगेका हुन।

याे पढ्न छुटाउनु भयाे की ?

निर्दयी सरकार !!

Friendship Khabar

वैतेश्वर बाम गठबन्धन द्वारा संयुक्त घोषणा पत्र सार्वजनिक

Friendship Khabar

सामुदायिक वन दिवसको उपलक्ष्यमा कविता वाचन

Friendship Khabar