फ्रेण्डसिप खबर
गृह पृष्ठ देश राजनीति

रास्वपामा पुनर्संरचना,पालिका संयोजक र दुई बिभाग गठन

दोलखा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले संगठन विस्तार र पार्टी गतिविधिलाई व्यवस्थित बनाउन जिल्ला सचिवालय, नौवटै स्थानीय तहका संयोजक, दुई विभाग तथा जिल्ला सल्लाहकार परिषद् गठन गरेको छ। रास्वपाकाे जिल्ला समन्वय समितिकाे बैठकले यस्तो निर्णय गरेको हाे ।


पार्टीको विभाग सञ्चालन नियमावली, २०८३ बमोजिम गरिएको निर्णयले जिल्ला संगठनको जिम्मेवारी बाँडफाँट गरेको हो। जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूलाई स्थानीय तहमा समन्वय र सहजीकरणको जिम्मेवारीसमेत दिइएको छ।
नौ पालिकामा संयोजकको जिम्मेवारी
पार्टीले भीमेश्वर नगरपालिकाको संयोजकमा जिल्ला सभापति दिनेश बस्नेतलाई तोकेको छ। मेलुङमा उपसभापति कृष्णबहादुर खड्का, बैतेश्वरमा सचिव रमेशकुमार श्रेष्ठ र तामाकोशीमा सहसचिव अर्जुन कार्कीलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, जिरी नगरपालिकामा कोषाध्यक्ष प्रभा खाती गिमिरे, बिगुमा जिल्ला सदस्य ओमकृष्ण आचार्य, कालिञ्चोकमा प्रजिना थापा, शैलुङमा चिरञ्जीवी खरेल र गौरीशंकरमा सुनिता पाण्डे संयोजक तोकिएका छन्। पालिका अध्यक्षहरूलाई पार्टी संगठन विस्तार र गतिविधिमा सहयोग पुग्ने गरि यस्तो व्यवस्था गरेको सचिव रमेशकुमार श्रेष्ठले बताए ।
जिल्ला सचिवालय समिति
जिल्ला पार्टीको निर्णय प्रक्रिया र कार्यसम्पादनलाई प्रभावकारी बनाउन गठन गरिएको सचिवालय समितिमा दिनेश बस्नेत सभापति, कृष्णबहादुर खड्का उपसभापति, रमेशकुमार श्रेष्ठ सचिव, अर्जुन कार्की सहसचिव र प्रभा खाती गिमिरे कोषाध्यक्ष रहेका छन्। समितिका सदस्यमा प्रजिना थापा र ओमकृष्ण आचार्य छन्।
संगठन विभागमा सात सदस्य
संगठन विभागको प्रमुखमा अर्जुन कार्की, उपप्रमुखमा सोभित उप्रेती र सचिवमा निशान बुढाथोकी चयन भएका छन्। विभागका सदस्यमा नवीन खत्री, इराजन पोखरेल, देवकृष्ण आचार्य र सिता गौतम रहेका छन्।
त्यसैगरी अभियान तथा प्रचार विभागको इञ्चार्ज ओमकृष्ण आचार्य ताेकिएका छन् । याे विभागमा हरेक स्थानीय तहबाट कम्तीमा एक जना रहने गरि ९ जनाकाे विभाग गठन गरिएको छ ।
जिल्ला सल्लाहकार परिषद्
रास्वपा दोलखाले जिल्ला सल्लाहकार परिषद्समेत गठन गरेको छ। परिषद्को अध्यक्षमा बाबुलाल लामा बैतेश्वर चयन भएका छन्।
परिषद्का सदस्यमा पूर्णबहादुर तामाङ पूर्व जिल्ला सभापति बुद्री कटुवाल तामाकोसी, बुद्रीबहादुर खड्का जिरी, पुष्कलबहादुर कार्की गाैरीशंकर, दुर्गादेवी कार्की भीमेश्वर र कमल थोकर मेलुङ रहेका छन्।
पार्टीको निर्णयअनुसार पालिका संयोजक र विभागीय जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यहरूले स्थानीय तहमा संगठन विस्तार, समन्वय र पार्टीका गतिविधि सञ्चालनमा भूमिका निर्वाह गर्ने सचिव श्रेष्ठले जानकारी दिए । बैठकमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद जगदीश खरेल, सांसद स्मृति सेञ्चुरी, प्रदेश समिति सदस्य प्रकाश खत्रीकाे समेत उपस्थित रहेको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

बागमती र सुदुर पश्चिमका प्रदेश प्रमुखहरुको शिष्टाचार भेट

Nabin Kumar Khatiwada

बालगृहमा मनाइयो राष्ट्रिय झन्डा दिवस

Friendship Khabar

नव जन उत्थान साकोषद्वारा आर्थिक सहयोग

Friendship Khabar