फ्रेण्डसिप खबर
गृह पृष्ठ देश बागमती प्रदेश राजनीति

जिरीलाई माया गर्ने नेतामा दाहालको दावी – अध्यक्षमा शेर्पा निर्वाचित ।

तेन्जिङ शेर्पा

दाेलखा/ नेकपा माओवादी केन्द्र जिरी नगरको तेस्रो ऐतिहासिक सम्मेलन तथा ३० औ जनयुद्ध दिवस पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भव्य रुपमा सम्पन्न भएको छ ।

पर्यटकिय नगरी जिरी नगरपालिकाको लिन्कन बजारमामा हजरौं जनताको उपस्थितिमा सम्पन्न भएको सभालाई सम्बोधन गर्दै जिरी लाई सबै भन्दा धेरै माया गर्ने रास्ट्रीय नेतामा आफु मात्र रहेको र शान्ति प्रकियामा आए पछि पहिलो पल्ट भ्यालि भन्दा बाहिर निस्कदा जिरी आएको र सो समय देखि हाल सम्म पाँचपटक भन्दा बढि आफु जिरी आएको र जिरीको समग्र विकासमा आफुले सबै भन्दा बढि भुमिका खेलेको दावी गरे । सभालाई सम्बोधन गर्ने क्रममा तेस्रो पटक प्रधानमन्त्री हुदै गर्दा देशमा सुशासन कायम गर्न , अर्थतन्त्र सुधार गर्दै गर्दा सामजिक न्याय कायम गर्न सबै खाले सेटिङ भत्काउदै ठुला ठुला भ्रस्टचारको फाईल खोल्दा देशै हल्लिएको र भुमाफिया , दलाल , बिचौलिया र भस्ट्रचारीहरुलाई जोगाउन नेपाली काँग्रेस र नेकपा एमाले सरकारनै ढालेको दावी गरे । सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटव्यरो सदस्य एवं प्रतिनिधि सभाका सांसद गंगा कार्की ,केन्दिय सदस्य एवं दोलखा जिल्ला ईन्चार्ज बिशाल खडका , केन्द्रीय सदस्य एवं बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री , नेताहरु नर बहादुर पाख्रिन , नविन जिरेल जिरी नगरपालिका वडा अध्यक्ष निमपाल्दे शेर्पाले अब देश माओवादीमय भएको र २०८४ मा एक्ला एक्लै लेडेर देशमा फेरि माओवादी सत्ता स्थापित गरी जिरी र देशको विकासमा कायपलट ल्याउने दावी गरे । सम्मेलनमा नेपालि काँग्रेस , नेकपा एमाले र अन्य पार्टी परित्याग गरी माओवादी पार्टीमा समाहित हुने दुई सय भन्दा बढि नेता तथा कार्यकर्तालाई खादा माला ,टिका लगाएर नेताहरुले प्रवेश गराएका थिए ।


त्यसै गरी जिरी नगरको ऐतिहासिक तेस्रो सम्मेलनले नेकपा माओवादी केन्द्र जिरी नगरकमिटीको अध्यक्षमा कर्मा शेर्पालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको छ । आज सम्पन्न तेस्रो ऎतिहासिक सम्मेलनले नगर इन्चार्जमा भने साङगे शेर्पा र अध्यक्षमा कर्मा शेर्पालाई चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा कृष्ण कुमार खत्री, अम्बर जिरेल, नीर कुमार कार्की ,रुपलाल लकान्द्री र सचिवमा खेटराज घिमिरे चयन भएका छन् भने सहसचिवहरुमा दातेम्बा शेर्पा, दिनेश पाख्रिन ,सुशा जिरेल र कोषाध्यक्षमा रोमकुमारी समाल जिरेललाई सर्वसम्मत चयन गर्दै ५८ सदस्यीय नगर कमिटी चयन गरेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

मजदुरका समस्या बारे नेकपा एस वैतेश्वरको ध्यानाकर्षण

Friendship Khabar

पाँचौ राष्ट्रपति रनिङ शिल्ड जिरीकाे उपाधि सहिद स्मृतिलाई, लगातार चाैथाे पटक सम्म विजेता

Kedar Dahal

“कि जितिन्छ, कि बितिन्छ” भनेर गएका शिक्षकलाई विद्यालय संचालन गर्न पालिकाकाे निर्देशन

Kedar Dahal