फ्रेण्डसिप खबर
गृह पृष्ठ

सामुदायिक वन दिवस,चरिकोटमा अन्तरक्रिया

चरिकोट/दोलखा सदरमुकाम चरिकोटमा सामुदायिक वन दिवस मनाइएको छ।


सामुदायिक वन दिवस २०८१ को उपलक्ष्यमा शुक्रवार डिभिजन वन कार्यालय, दोलखा र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दोलखाको सह-आयोजनमा मनाइएको हो।
सामुदायिक वन उपभोक्ता महासंघ दोलखाका अध्यक्ष जगन्नाथ बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम को जिल्ला समन्वय समिति प्रमुख बर्जुराम घतानीले उद्घाटन गर्नुभएको हो।


दिवसको अवसरमा “सरकार र सामुदयिक वन उपभोक्ता समूहबीच अन्तरसम्बन्ध र सम्बृद्ध दोलखाको लागी सामुदायिक वनको भूमिका” विषयक अन्तरक्रिया समेत गरिएको छ।कार्यक्रममा वन नियमावलीमा रहेको दुबिधा र यसको समाधान,सामुदायिक बन र स्थानीय सरकारको भुमिका विषयमा अधिकारकर्मी भोला खतिवडाले कार्यपत्र प्रस्तुत गरि छलफल गरिएको थियो।

कार्यक्रममा जिल्लाका विभिन्न सामुदयिक वन उपभोक्ता समूहका सदस्यहरू,फेकोफन जिल्ला महासंघका कार्यसमिति एवम् डिभिजनल वन कार्यालय, दोलखाका कर्मचारी लगायत ७१ जनाको सहभागितामा रहेको थियो |

कार्यक्रममा आर्थिक वर्षमा उल्लेखनीय कार्य मार्फत जिल्ला भरि मै उत्कृष्ट भई डिभिजन वन कार्यालय दोलखाबाट पुरस्कृत हुने तीन सामुदायिक वन र तीन कबुलियती वन समुहलाई प्रमाणपत्र वितरण गरिएको फेकोफन दोलखाकी सचीव सविना भण्डारीले जानकारी दिनुभयो।


कार्यक्रममा जिल्ला समन्वय प्रमुख बर्जुराम घतानी,मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकर,कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कुल बहादुर बुढाथोकी,शैलुङ गाउँपालिका उपाध्यक्ष पार्वती थापा,प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेल,वन कार्यलय दोलखाका सूचना अधिकारी चिरञ्जीवी थापामगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

मन्त्री खड्काले शुरु गरे वन तथा वातावरण क्षेत्रको सुधार र अधिकार बाँडफाँड

Friendship Khabar

याद आयो मलाई!!

Friendship Khabar

मन्त्री परिषदबाट स्वीकृत “शिक्षा ऐन २०८०” का विरुद्धमा शिक्षकहरु धर्नामा

Friendship Khabar