फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश सुदूरपश्चिम प्रदेश

बागमती र सुदुर पश्चिमका प्रदेश प्रमुखहरुको शिष्टाचार भेट

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबीच शिष्टाचार भेटघाट भएको छ ।

आइतबार भएको भेटमा बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटालाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले बधाइ तथा सफल कार्यकालको शुभकामना दिनु भएको छ ।

सुदुरपश्चिमका स्थायीवासी देवकोटालाई १४ साउनमा संघीय सरकारको मन्त्री परिषदको बैठकले बागमती प्रदेशका प्रदेश प्रमुखको रुपमा सिफारिस गरेपछि वहाले १७ साउनमा रास्ट्रपतिसमक्ष सपथ लिनुभएको थियो ।
लगतै १८ साउनमा बागमती प्रदेश कार्यालय हेटौंडामा एक समारोहबीच पदबहाल हुनुभएका देवकोटा आइतबार  गृहजिल्ला कैलाली पुग्नुभएको थियो ।

प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पुग्नु भएका देवकोटालाई  सुदुरपश्चिम प्रदेश प्रमुख कार्यालयका कर्मचारी तथा स्थानीयवासीहरुले समेत बधाइ दिएका थिए ।

सोही भेटमा प्रदेश प्रमुखहरु बीच दुई प्रदेशको समन्वय र सहकार्य तथा विकासका सन्दर्भमा छलफल समेत भएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

जातीय विभेद गर्ने विरुद्ध तत्काल प्रतिरोध गर्न माधव नेपालको निर्देशन

Friendship Khabar

नेकपा एस केन्द्रिय परिषद बैठक,यी हुन पारित १५ बुँदे प्रस्ताव

Friendship Khabar

शैलुङमा प्रअ भत्ता सरकार लाई नै फिर्ता

Friendship Khabar