फ्रेण्डसिप खबर
गृह पृष्ठ

महिलाहरुका लागि एक हप्ते डल कुशन बनाउने तालिम सम्पन्न

केदार दहाल

चरिकाेट/डल कुसन बनाउने ७ दिनकाे तालिम आज चरिकोटमा सम्पन्न भएकाे छ। बागमती प्रदेश सामाजिक बिकास मन्त्रालय परियाेजनाकाे सहयोगमा तथा उत्पीडित महिला मुक्ति समाज दाेलखाकाे आयाेजनामा सञ्चालित तालिम यहि माघ ११ गते देखि आज सम्म रहेकाे थियाे ।

उत्पीडित महिला मुक्ति समाज दाेलखाका अध्यक्ष अप्सरा चाैंलागाईकाे अध्यक्षता तथा यस तालिम अनुगमन समितिका संयाेजक एवम् भीमेश्वर नगरपालिकाका नगर प्रवक्ता तारानाथ चाैलागाईकाे प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको हाे । यस तालिममा भिमेश्वर नगरपालिकाका विभिन्न वडाबाट छनाैट भएका १९ जना महिलाहरू सहभागी भएका थिए । यस तालिमले सहभागी महिलाहरूकाे सीप विकास गरी व्यवसायी बनाउन मद्दत गर्ने आशा गरिएकाे छ । कार्यक्रमका प्रमुख अतिथि चौलागाईं द्वारा तालिममा सहभागी महिलाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। त्यस्तै ७ दिनसम्म सञ्चालन भएको तालिमको सहजीकरण भने रिता रिमालले गरेकी थिइन्।

समापन समारोहका प्रमुख अतिथि चाैलागाई, तालिमका प्रशिक्षक रीता रिमाल, संस्थाका अध्यक्ष अप्सरा चाैलागाई लगायतले मन्तव्य राख्नु भएकाे थियाे। अध्यक्ष चाैंलागाईका अनुसार कार्यक्रममा सक्रिय सहभागीता र उत्साहित हुँदै तालिम प्रभावकारी भएकाे र अब सहभागीहरुले यसै व्यवसायमा निरन्तर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेकि छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

इटहरीका खड्काले वितरण गरे दाेलखाका विद्यार्थीलाई जाडाेका सामान

Kedar Dahal

गलत कर्म !!

Friendship Khabar

लेनदेनका पुराना कागज माघ ११ भित्र प्रमाणित गराईसक्नुपर्ने

Friendship Khabar