तेन्जिङ शेर्पा
दाेलखा/ नेपाल शिक्षक महांसघ रास्ट्रिय समितिको आव्हानमा आजबाट शिक्षहकरुले आन्दोलन शुरु गरेका छन । आन्दोलनको पहिलो चरणको कार्यक्रम अन्तर्गत आज देश भरका ७५३ वटै स्थानिय तहमा विभिन्न माग राख्दै ध्यानाकार्षण पत्र बुझाएका हुन ।

संसदमा रहेको विचारधिन शिक्षा विधेयक -२०८० लाई अहिले चलिरहेको संसदको हिउँदे अधिवेशनबाट यथाशिघ्र पारित गर्न मुख्य माग राखी शिक्षकका पेशागत सुरक्षा , स्थायित्व र सम्मान लगायतका २२ वटा माग राख्दै शिक्षकहरु आन्दोलित भएका हुन ।




नेपाल शिक्षक महांसघ राष्ट्रिय समितिको आव्हानमा भएको आन्दोलन अन्तर्गत दोलखा जिल्लामा भने जिल्लामा कार्यरत संघ संगठनहरुले शिक्षक संयुक्त्त आन्दोलन समिति बनाएर आन्दोलन गरेका छन । आन्दोलनको क्रममा बैतेस्वर गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत महेश पौडेललाई ध्यानाकार्षण पत्र बुझाएका छन । ध्यानाकर्षण पत्र बुझाउने क्रममा नेपाल रास्ट्रीय शिक्षक संघठनका जिल्ला सचिव भरत केसि , नेपाल शिक्षक संघका जिल्ला सह सचिव सिताराम घिमिरे , एकिकृत अखिल नेपाल शिक्षक संघठनका जिल्ला कोषाध्यक्ष दिपक दहाल लगायत पालिका स्तरका शिक्षक नेताहरु सुरेन्द्र पोख्रेल , विजय यादव , अस्टकुमार लामा, शिक्षक महांसघ वैतेस्वरका सह अध्यक्ष तेन्जिङ शेर्पा लगायतले सम्बोधन गरेका थिए भने पालिका भित्रका विभिन्न विधालयक शिक्षकहरुको उपस्थिति रहेको थियो ।





