फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति

सुरि पुगेर काफ्लेले सोधे पार्वत दाइ तपाईंको गाउँमा मोबाईल डाटा चल्दैन त?

दोलखा/नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं लोकतान्त्रीक बाम गठबन्धनका प्रदेश सभा सदस्य उम्मेदवार कुन्दन काफ्लेले एमाले नेता एवं पुर्व सुचना तथा सञ्चारमन्त्री पार्वत गुरुङको गृह गाउँ सुरी पुगेर सोधे पार्वत दाइ तपाईंको गाउँमा मोवाइलको डाटा समेत नचलेको भन्दै चर्को आलोचना गरेका छन्।
स्मार्ट डिजिटल दोलखाका नाममा करोडौं बजेट खर्च गर्दा सामान्य टुजी समेत नचल्दा दोलखा उत्तरका अधिकांस नागरिकले सास्ती पाएको सम्झाउदै उनले भाषणकै क्रममा पुर्वमन्त्री गुरुङलाई मोबाइलको डाटा किन चलेन दाइ भन्दै प्रश्न गरे । काफ्लेले यसो भन्दै गर्फा कार्यक्रमका सहभागी केहीले खल्तीबाट मोबाइल झिक्दै इन्टरनेट खोले तर मोवाइलमा नेट चल्नु त परकै कुरा राम्रोसँग टेलिफोन समेत चलेको थिएन ।

स्मार्ट डिजिटल दोलखाका नाममा गुरुङ मन्त्री हुँदा करोडौंको बजेट दोलखा भित्राइएको थियो तर गाउँमा इन्टरनेटको सामान्य सेवा समेत नचलेपछि काफ्लेले आक्रोसित हुदै भने विकास भनेको यही हो ? कतिञ्जेल सोझा सिधा जनतालाइ ढाँटेर भ्रस्टाचारको खेती गर्ने हो । काफ्लेले स्मार्ट डिजिटल दोलखाका नाममा भएको अनियमितताका बारेमा सञ्चार मन्त्रालय सहित मातहतका निकायको ध्यानाकर्शण गराएका छन् ।

सिगटीको ठुलो घरमा बसेर जनतालाई सानो देखिने गरि हेर्न कसरी सक्नुहुन्छ ? म त कहिल्यै सक्दिन । तपाइको गाउँमा मोबाइलको डाटा चल्दैन, सडक कतै कालोपत्रे गरिएको छैन । आफ्नो गृह गाउँपालिका छोडेर छिमेकी बिगु गाउँपालिकाको सिगटी बजारमा  गएर कालोपत्रे गरिएको सडकमा दरबार जत्रो घर बनाएर बस्न तपाईंलाई अलिकती पनि अप्ठ्यारो लाग्दैन पार्वत दाइ भनेर प्रश्न गरे। कार्यक्रममा सहभागी सबैले जोडदार ताली बजाए । युवाको लोकप्रिय नेताको रुपमा चिनिने काफ्लेलेको दमदार भाषण कै कारण तीन दर्जन एमालेका युवा नेता तथा कार्यकर्ता काङ्ग्रेस प्रवेश गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै काफ्लेले पार्वत दाइ तपाईंको  गाउँ जाने सडकमा अझै पनि  सवारीसाधन जान सक्दैन । आफ्नो गाउँ जाने सडक सहज बनाउने कि आफू  सिगटी  बजार घर बनाएर बस्ने भनेर प्रश्न गरे । १० बर्ष सांसद , नेपाल सरकारको महिला बालबालिका मन्त्री र सुचना तथा संचार मन्त्री हुँदा आफू र आफ्नो कार्यकर्ताको घर गाडी र दैनिक फेरिए  तर गौरीशंकरको गाउँपालिकालो मुहार भने फेर्न नसकेको काफ्लेले आरोप लगाए ।

उनले दोलखा प्रदेश सभा क मात्रै होइन सिंगो जिल्लालाई समुन्नत बनाउन गठबन्धन लागिपरेको बताउदै अरुको जस्तो मत बेचेर गाउँलाई कुरुप होइन शुन्दर नगरी बनाउने प्रतिबद्धता समेत जाहेर गरे । दोलखाको उत्तरी क्षेत्रलाई जलविद्युतको केन्द्र बनाई जनताको आर्थिक स्तर माथि उकास्न आफुहरु कुनै कसर बाँकी नराख्ने जनाउदै काफ्लेले आफुहरुलाई अमुल्य मत दिन आग्रह गरेका छन्।

याे पढ्न छुटाउनु भयाे की ?

उषा गजुरेल र सुरज पण्डितकाे स्वरमा “हजुरकै मायाले” गित सार्वजनिक

Kedar Dahal

कुन्दन काफ्ले मतदाताको घरदैलोमा

Nabin Kumar Khatiwada

स्वतन्त्र पार्टीबाट दाेलखामा खरेल उठ्ने, समानुपातिकमा दाहाल

Nabin Kumar Khatiwada