जिरी नगरपालिका वडा नं ७ छाहारे मा हावाले फुरतेन्जि शेर्पाको अस्थाई घर लडाउदा एउटा भैंसी र पाडाे मरेकाे छन् ।

शेर्पाकाे पहिले देखिनै खाना खाने र सुत्ने गर्दै आएका साे घरमा केही महिनादेखि कान्छाे छाेराकाे घरमा बास बस्दै आएका थिए । दिउँसो करिब १२ बजेकाे समयमा हावा हुरि चलेकाे बेलामा साे घर लडेकाे स्थानिय आङनर्वु शेर्पाले बताएका छन् । घरमा भएको भान्सामा भएको भाँडाकुँडा, लत्ताकपडा, भैंसी र पाडाे गरि करिब ५ लाख बराबरकाे क्षेति भएको छ ।
