फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ राजनीति

माओवादी दोलखाको संयोजक श्रेष्ठ सचीवमा फुँयाल

चरिकोट/नेकपा माओवादी केन्द्र दोलखाको नयाँ नेतृत्व चयन भएको छ । दोलखाको जिल्ला संयोजकमा कमल श्रेष्ठ ज्योती र सचिवमा नेत्रबहादुर फुँयाल सन्तोष चयन भएका छन् ।

बुधबार बसेको पार्टीको जिल्ला समन्वय समितिको विस्तारित बैठकले यस अघि जिल्ला सचिवको भूमिकामा रहेका श्रेष्ठलाई संयोजकको जिम्मेवारी दिएको हो । २०५१ सालबाट विद्यार्थी राजनीति सुरु गरेका श्रेष्ठ २०५७ सालमा तत्कालिन नेकपा माओवादीको पूणर्कालिन राजनीतिमा होमिएका थिए । विगत १७ वर्षदेखि पार्टीको प्रदेश कमिटी सदस्य रहँदै आएका उनी पछिल्लो साँढे दुई वर्ष यता माओवादी केन्द्र दोलखाको सचिवको जिम्मेवारीमा थिए ।

जनप्रतिनिधिहरु पार्टीको कार्यकारी पदमा बस्न नपाउने पार्टी केन्द्रको सर्कुलरपछि संयोजक विहीन भएको नेकपा माओवादी केन्द्रले श्रेष्ठलाई चयन गरेको हो । बैठकले माओवादी केन्द्र दोलखाको सचिवको जिम्मेवारी सन्तोष फुँयाललाई दिएको छ । फुँयाल पनि पार्टीको प्रदेश कमिटी सदस्य एवं तामाकोशी गाउँपालिकाको इन्चार्ज हुन् । यस अघिका संयोजक कुलबहादुर बुढाथोकी कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष हुन् ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको हालै सम्पन्न बैठकले पार्टीबाट जननिर्वाचित प्रतिनिधिहरुलाई पार्टीको कार्यकारी भूमिकामा नराखी जनताका काममा केन्द्रित गराउने निणर्य गरेको छ ।

बुधबारको विस्तारित बैठकमा पार्टीका केन्द्रिय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज विशाल खड्का, अन्य केन्द्रिय सदस्यहरु शङ्कर लामा, नर बहादुर पाख्रिन, नविन जिरेल, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला सचिवालय सदस्य एवं जिल्ला समन्वय समितिका सदस्यहरु, विभिन्न जनवर्गीय सङ्गठनका इन्चार्ज एवं प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

सांसद रिजाल द्वारा जिसस भवन शिलान्यास

Nabin Kumar Khatiwada

सबै मिले मात्र विकास सम्भव:-मन्त्री चौधरी

Friendship Khabar

नेपाली काङ्ग्रेस बैतेश्वर काठमाडौं सम्पर्क समिति गठन

Friendship Khabar