फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार स्थानीय समाचार

सहकारी केन्द्र दोलखाको अध्यक्षमा तेन्जिङ शेर्पा

केदार दहाल

दोलखा / सहकारी केन्द्र नेपाल दोलखाको प्रथम जिल्ला अधिवेशनले तेन्जिङ शेर्पाको अध्यक्षता ३१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।

सहकारी केन्द्र नेपाल बागमती प्रदेश कमिटीका अध्यक्ष माधव तिमिल्सिनाको अध्यक्षता भएको अधिवेशनको नेकपा माओवादी केन्द्र सहकारी तथा गरिबी निबारण विभागका ईन्चार्ज लिलामणी पोखरेलले उद्घाटन गर्नुभएको हो।


अधिवेशनले शेर्पा सहित नयाँ कार्यसमितिको उपाध्यक्षमा बलराम पाण्डे,सचिवमा सर्मिला सापकोटा, सह सचिवमा निरबहादुर बुढाथोकी र कोषाध्यक्षमा सिताराम उप्रेती चयन गरेकाे छ ।

हाम्रो रेडियोको सभाहलमा सम्पन्न अधिवेशनले शेर्पाको सर्वसम्मत ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । दोलखामा पहिलो पटक नेकपा माओवादी केन्द्र निकट भातृ संगठन सहकारी केन्द्र नेपाल गठन गरिएको हो ।

याे पढ्न छुटाउनु भयाे की ?

छौँडे प्रहरी चौकी भवन उद्घाटन

Friendship Khabar

मैनापाेखरि बजारमानै दुध संकलन केन्द्र स्थापना

Kedar Dahal

नेकपा माओवादी केन्द्रले व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्ने निर्णय ।

Kedar Dahal