फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्वास्थ्य

पशुपति स्मृति अस्पतालको न्युनतम सेवा स्तर बढ्याे

चरिकोट/दोलखा सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईं स्मृति अस्पतालको न्युनतम सेवाकाे स्तर अघिल्लो वर्षभन्दा बढेको छ । अस्पतालले दिंदै आएको सेवामा अघिल्लो वर्षको भन्दा बढेकाे बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएकाे हाे ।
वाग्मती प्रदेशस्तरका अस्पतालहरूकाे स्तरका बारेमा निर्देशानलयले हरेक वर्ष विभिन्न सुचकका आधारमा मापन गर्ने गरेको छ । अस्पतालले सेवाकाे स्तर अघिल्लो वर्षभन्दा ११ अंक बढी ल्याएको छ ।
पशुपति चौलागाईं स्मृति अस्पताल ब्यबस्थापन समितिको अध्यक्षमा भरत नारायण श्रेष्ठ नेतृत्वमा आएपछि बिगत बर्षमा ५६ अंक प्राप्त गरेको अस्पताल ले यसबर्ष ११ अंक ले वृद्धि गरि ६७ अंक प्राप्त गरेको छ।
बागमती प्रदेश सरकार,स्वास्थ मन्त्रालय स्वास्थ सेवा निर्देशनालयले गरेको अस्पतालको गुणस्तर सुधारको लागि न्युनतम सेवा मापदण्ड बारे विभिन्न सुचकहरुमा गरिएको मुल्यांकन ले ६७ अंक प्राप्त गरेको बागमती प्रदेश स्वास्थ्य निर्देशानालयका निर्देशक डा नरेन्द्र झाले जानकारी दिए ।
अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा ज्ञानेश्वर श्रेष्ठ आएपछि सेवा र अस्पताल व्यवस्थापनमा सुधार आएको हाे।अस्पतालले दैनिक जनरल सर्जरी,मासिक रुपमा साइक्यटिट ओपिडी,मुटु रोग,थाईराइड ओपिडी जस्ता रोगहरुको उपचार गर्दै आईरहेको छ।
अस्पतालमा एमडिजिपी १,जनरल सर्जन २ जना, मेडिकल अफिसर ५ जना, डेन्टल सर्जन २ जना  लगाएत जम्मा ७४ जना कर्मचारी कार्यरत रहेको छ्न। न्याय हेल्थले छाडेपछि अस्पताल आर्थिक रूपमा समस्यामा परेपछि केहि शुल्क लगाउन थालिएको डा ज्ञानेश्वर श्रेष्ठले जानकारी दिए।

याे पढ्न छुटाउनु भयाे की ?

उप्रेतीको संयोजकत्वमा उज्यालो नेपाल पार्टी दोलखा गठन

Nabin Kumar Khatiwada

ब्राह्मण्डझैँ विसाल मानसिक स्वास्थ्य

Kedar Dahal

रेडक्रसद्वारा आयोजित हाजिरि जवाफ प्रतियोगितामा हनुमन्तेश्वर मावि प्रथम

Kedar Dahal