फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ स्थानीय समाचार स्वास्थ्य

पशुपति चौलागाई अस्पतालमा मुकड्रिल

दोलखा/दोलखाको पशुपति चौलागाई स्मृति अस्पतालमा आकस्मिक उपचारमा मुकड्रिल (पूर्व अध्यास) गरिएको छ ।

दुर्घटना, भुकम्प जस्ता विपद् गइ हाले घाइतेहरुको भीड लाग्ने अवस्थामा कसरी उपचार गर्ने भन्ने बारेमा अस्पतालले पूर्व अभ्यास गरेको हो ।

अस्पतालले गरेको पूर्व अभ्यासका क्रममा आकस्मिक कक्षमा शैया, चिकित्सकहरु र औषधी तयारी अवस्थामा थियो ।आकस्मिक कक्ष बाहिर पनि केही शैयाहरु भुइमै राखिएका थिए।बाहिर पनि स्टेचरहरु तयारी अवस्थामा थिए ।

यही बीचमा सबैलाई अस्पताल गेट अगाडी भेला गराए र भीमेश्वर नगरपालिका वडा नं. ७ मा गाडी दुर्घटना भएको सबै आ–आफ्नो ठाउँमा तयारी अवस्थामा बस्न निर्देशन दिए । लगत्तै सुरक्षा गार्डले सिट्ठी फुके सबै आ–आफ्नो ठाउँमा तयारी अवस्थामा बसे ।

केही बेरमै एम्बुलेन्स साइरन बजाउँदै अस्पताल भित्र छिर्यो।एम्बुलेन्समा प्रहरी समेत थियो ।धमाधम एम्बुलेन्सबाट घाइते निकाले र आकस्मिक कक्षमा लगियो । चिकित्सक र स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा भएकाले धमाधम उपचारमा लागे । लगत्तै फेरि २ वटा थप एम्बुलेन्स पनि आए ।
तर एम्बुलेन्समा आएका सबैभन्दा पहिला आकस्मिक कक्षमा राखेर उपचार गर्न लागे । क्रमशः आउनेलाई आकस्मिक कक्षमा शैया भरिएपछि तयारी अवस्थामा रहेका भुइमै राखेर उपचार सुरु भयो । विरामीको अवस्था हेरि सबैभन्दा गम्भिरलाई रातो, त्यसपछि पहेंलो र हरियो स्टिकर टाँसियो । सोही अनुसार उपचार सुरु भयो । उपचारकै क्रममा विरामीको आफन्त, पत्रकार भन्दै भीड पनि लाग्यो । अस्पतालका सुचना अधिकारी शान्तिप्रसाद न्यौपानेले बेलाबेलामा विरामीको उपचार अवस्थाको बारेमा सार्वजनिक सुचना समेत दिए ।

यो सबै साँच्चैको घटना भने थिएन । यस्ता दुर्घटना भइ हालेमा कसरी उपचार गर्ने भन्ने बारे आकस्मिक घटनाका बारेमा अस्पतालमा गरिएको नमूना अभ्यास हो । अस्पताल मेसु डा ज्ञानेश्वर श्रेष्ठले आकस्मिक दुर्घटनापछि अस्पतालले कसरी उपचार गर्नु पर्छ भनेर स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न पूर्व अभ्यास गरेको बताए ।

दोलखामा यस्ता घटना पटक पटक हुन्छन् । कतिले छिटो छरितो उपचार नपाउँदा ज्यान समेत जाने गरेकाले विपद् व्यवस्थापनमा आकस्मिक दुर्घटनामा कसरी उपचार गर्ने भन्ने तयारीका लागि पहिलो पटक अभ्यास गरिएको हो । आकस्मिक कक्षमा उपचार गराइरहेका विरामीलाई कसरी हेरचाह र उपचार गर्ने सबै अभ्यास भए ।
घटनास्थलबाट उद्धार गरेर अस्पतालसम्म ल्याउन, घाइतेका रुपमा अभ्यास गर्ने प्रहरी र सशस्त्र प्रहरी थिए । यस्ता दुर्घटनाका बेला सिट्ठी बजेपछि जो जो जुनजुन भुमिकामा भए तापनि सबै स्वास्थ्यकर्मी आकस्मिक उपचारको लागि तयारी अवस्थामा हुनु पर्ने सन्देश दिएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरतनारायण प्रधानले पूर्व अभ्यास महत्वपूर्ण भएकोले अब अस्पताल विरामीको उपचारका लागि जस्तोसुकै परिस्थितिमा पनि तम्तयार छ भन्ने उदाहरण भएको बताए । अस्पतालमा भएको यस्ता पूर्व तयारी अभ्यासले अस्पतालको आन्तरिक तयारी, कर्मचारीको मनोबल र घाइतेले नवजीवन पाउने सम्भावना बढ्छ ।

पूर्व अभ्यासपछि स्वास्थ्यकर्मीहरुले पहिलो पटक यस्तो अभ्यास गर्दा आफूहरुलाई पछि काम गर्न सहज हुने प्रतिक्रिया दिए । अभ्यासका क्रममा केही कमजोरी देखिए तापनि वास्तविक उपचारका क्रममा आफूहरुलाई सहज बनाउने बताए ।
सडक सञ्जाल विस्तार र सवारीको प्रयोग बढेसँगै सडक दुर्घटना समेत बढ्दै गएका छन् । सवारी दुर्घटना, आगोलागी, भुकम्प, चट्याङ, बाढी पहिरो जस्ता विपद्का घटनामा वर्षेनी धेरैको ज्यान जाने गरेका छन् । घटनापछि चाँडोभन्दा चाँडो अस्पताल ल्याएपछि समयमै उपचार पाउन सके धेरैको ज्यान जोगिन सक्छ ।

याे पढ्न छुटाउनु भयाे की ?

समाजवादी दोलखा द्वारा प्रशासनमा ११ बुदे ज्ञापन पत्र,यस्ता छन मागहरू

Nabin Kumar Khatiwada

५१ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन चार्ज, अब डोल्पामा गुणस्तरीय विद्युत आपूर्तिको बाटो खुल्यो

Kedar Dahal

हिमपर्वतकाे पहिलाे आयाेजनाकाे परीक्षण उत्पादन सुरू

Nabin Kumar Khatiwada