फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ देश बागमती प्रदेश समाचार

जुरिच किन्डर गार्डेनको दीक्षान्त,१३ जना दिक्षित

भक्तपुर/सूर्यविनायक स्थित जुरिच किन्डर गार्डेनले वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

विद्यालय स्थापना भएको आठौँ वार्षिक उत्सवको अवसरमा भएको कार्यक्रममा १३ जना विद्यार्थीहरुलाई दीक्षित समेत गरिएको हो ।

विद्यालयका प्रीन्सिपल अमृत राउतका अनुसार  सुलभ शुल्कमा गुणस्तर सुविधा र संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । “सस्तो शुल्कमा महङ्गो विद्यालयको सुविधा दिएका छौ । ”पिन्सिपल राउतले जानकारी दिनुभयो ।
भक्तपुर स्थित अक्षरा स्कुलका संस्थापक प्रमुख कार्यकारी अधिकृत अन्जु भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री लक्ष्मण लम्साल,संविधान सभा सदस्य केदार सञ्जेल, एसओएस हर्मन माईनर स्कुल सानो ठिमीका पूर्व प्राचार्य शङकर प्रसाद पौडेल, सूर्यविनायक नगरपालिका ३ का वडा सदस्य घनश्याम भट्टराई,अभिभावक गीता श्रेष्ठ, ब्राह्मण टोल सुधार समिति अध्यक्ष मीना कार्की, सिभिएम स्कुलका अध्यक्ष श्यामसुन्दर बस्नेत,पण्डित रामप्रसाद सुवेदीले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको अवसरमा विद्यालयले उत्कृष्ट काम गर्ने शिक्षक,कर्मचारीलाई सम्मान गरेको छ
७ जना विद्यार्थीबाट शुरु गरिएको विद्यालयमा आठौँ स्थापना दिवससम्म आइपुग्दा ८७ जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ । दोलखाको जिरीलाई स्वीजरल्याण्डको जुरिच शहरको नामले चिनिने भएकाले त्यही नामबाट विद्यालय सुरु गरिएको प्रिन्सिपल राउतले जानकारी दिनुभयो ।

याे पढ्न छुटाउनु भयाे की ?

कुन्दन काफ्ले मतदाताको घरदैलोमा

Nabin Kumar Khatiwada

शिक्षकलाई निजामती सरह सेवासुविधा दिइने: शिक्षामन्त्री देवेन्द्र पौडेल

Kedar Dahal

पर्देशिनुको पिडा झल्काउने उषा गजुरेलकाे स्वरमा “आमा” गित सार्वजनिक

Kedar Dahal