फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ देश बागमती प्रदेश समाचार स्थानीय समाचार

खिम्ती ग्रामीण बिद्युत सहकारी संस्थाको सपथ ग्रहण

नवीनकुमार खतिवडा

किर्ने/दोलखाको तामाकोसी गाउँपालिका वडा नं ५ किर्नेमा रहेको खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको नवनिर्वाचित संञ्चालक समितिको सपथ ग्रहण तथा पदभार ग्रहण सम्पन्न भएको छ।


आइतबार संस्थाको कार्यालय किर्नेमा आयोजित कार्यक्रममा निर्वाचन समितीका संयोजक नारायणध्वज खड्काले नवनिर्वाचित संचालनक समिति र लेखा सुपरिवेक्षण समितीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो।


तामाकोसी गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसि को प्रमुख अतिथ्यतामा सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको हो।संस्थाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनले नानीबाबु बस्नेत अध्यक्ष रहेको १९ सदस्यीय संचालक समिति र भुमिराज कार्कीको संयोजकत्वमा ३ सदस्य लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको हो।


संचालक समितिको अध्यक्षमा नानीवावु बस्नेत,उपाध्यक्ष
शेरबहादुर थापा,कोषाध्यक्ष धिराज सुवेदी,सचीव
तेम्वा शेर्पा,सदस्यहरु अर्जुन सुनुवार,इन्दु कार्की,कर्ण ब.पाण्डे,कमला आपागाइ,
चुडामणी घिमिरे,ठग बहादुर मगर
दिपक कालिकोटे,
दिपक श्रेष्ठ,
देवी फुयाल,
पूर्ण बहादुर माझी,
भगवती (अधिकारी) चौहान,
मेरिना श्रेष्ठ,
राममाया सुनुवार,
रोशन कार्की,
वल बहादुर केसी तथा लेखा सुपरिवेक्षण समितिमा भुमीराज कार्की संयोजक सदस्यहरु ठकेन्द्र खत्री,द्रोण प्रताप के.सी रहेका छन।


कार्यक्रममा प्रमुख अतिथि तामाकोसी गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसी,गोकुलगाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)जिल्ला सहकारी संघका अध्यक्ष देवीप्रसाद शर्माले नवनिर्वाचित संचालक समितिलाई बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो,साथै नि वर्तमान अध्यक्ष शेर बहादुर खड्काले नव निर्वाचित अध्यक्ष लाई संस्थाको माइन्युट हस्तान्तरण गर्नुभएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

बागमती प्रदेशको मुख्यन्यायधिबक्तामा धादिङका श्यामनारायण श्रेष्ठ

Friendship Khabar

जसपा जिल्ला कोषाध्यक्ष सहित नेकपा एसमा प्रवेश

Friendship Khabar

एमाले-राप्रपा र परिवार दलबीच देशभर गठबन्धन गर्ने सहमति

Friendship Khabar